शुशासन »

‘चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ’

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्। प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण…

पत्रकार यदुनाथ बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कारबाट प्रदान

पत्रकार यदुनाथ बञ्जारा सुनास पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। शुशासनका लागि नागरिक समाज(सुनास ) कास्कीले ई स्व लेखबहादुर गुरुङद्वारा स्थापना गरेका अक्षयकोषबाट संचालित पुरस्कारबाट सम्मानीत भएका हुन्। यस वर्षको अंग्रेजी महिनाको ९ तारिकका दिन ( मंसीर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सुनास कास्कीका अधक्ष रवीन्द्रनाथ बास्तोलाले…

पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार

पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो। ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ। हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार…

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ क्रिकेटमा नेपाल पुलिस क्लवले स्वर्ण पदक जितेको छ। मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ५ रनले पराजित गर्दै पुलिसले पहिलो सहभागितामै स्वर्ण जितेको हो। पहिला व्याटिङ गरेको पुलिसले पूरै २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जितका लागि ९० रन पछ्याएको एपीएफले २० ओभरमा…

७ वटै प्रदेशका उपाध्यक्षहरुले तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो

७ वटै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन आज (बिहीबार) गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ। भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदासहितको विवरण नीति तथा योजना…

कर्मचारी समायोजन मुद्दासम्बन्धी सर्वोच्चको फैसला

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ। समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो। संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो। जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय…

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै दमौलीबाट रंगेहात पक्राउ

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै तनहँको दमौलीबाट रंगेहात पक्राउ परेका छन्। स्याङ्जास्थित कार्यालयबाट जागिर छुटेर पनि घुस लिन सप्तरीस्थित घरबाट तनहुँ सदरमुकाम दमौली आइपुगेका इन्जिनियर अमलेशकुमार ७५ हजार रुपियाँ घुस लिंदालिंदै पक्राउ परेका हुन्। शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका करार कर्मचारीको म्याद नथप्ने निर्णय भएसँगै स्वत: अवकाश पाएका सप्तरीको बोदेबसाइन नगरपालिका निवासी हुन्। स्याङ्जास्थित…

७ प्रदेशमै लाइसेन्सको नयाँ मापदण्ड

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन। संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक…

बैकिङ कसूर मुद्दा लागेकी दिक्षा निगालो घारीबाट पक्राउ

बैकिङ कसूर मुद्दामा बागलुङ ताराखोलाकी दिक्षा पुनलाई कास्कीबाट पक्राउ गरिएको छ। जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो। दिक्षाको खोजी तलासीमा रहेका प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बीरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ…

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधि सभाको आज (आइतवार)को बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्काे…