Hero News »

गण्डकी प्रदेशलाई इलाम आमन्त्रित पुरुष नकआउट भलिबलको उपाधि

पोखरा । गण्डकी प्रदेशले प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  इलाममा सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ…

आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जित्यो

इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्यो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ । टस जितेर ब्याटिङ रोजेको मुम्बईले…

म्यानचेस्टर सिटीले जित्यो यस सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ । खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की कमिटी सदस्यहरुको सपथ ग्रहण

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीको सदस्यहरुले आइतबार सफथ लिएका छन् । कास्की कमिटीका १५५ जिल्ला सदस्यले सपथ लिएका हुन् । सपथ लिनेहरुमा साविक नेकपा एमालेका ८८ र माओवादी केन्द्रका ६७ जना छन् । पार्टीको गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्यहरुले उनीहरुलाई सपथ गराएका हुन् । कार्यक्रममा…

संघीय संसदमा प्रस्तुत मिडियासम्बन्धी विधेयकप्रति काँग्रेसको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । काँग्रेसले उक्त विधेयकलाई फिर्ता लिन सरकारलाई बाध्य बनाउने चेतावनीसमेत दिएको छ । नेपाली काँग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी छ…

‘अर्धनिन्द्राको मान्छेले हाई काढ्दै लेखेको निवन्ध जस्तै कर्मकाण्डी दस्तावेज’ आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे डा. बाबुराम भट्टराईको टिप्पणी

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकतालाई अर्धनिन्द्राको मान्छेले हाई काढ्दै लेखेको निवन्धको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथि शुरु भएको छलफलमा भाग लिंदै डा भट्टराईले भने, ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छी मानी मानी लेखेको निबन्ध जस्तो…

‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्पलाई पूरा गर्ने लक्ष्यलाई बजेटले केन्द्रमा राखेको छ : अर्थमन्त्री डा खतिवडा

काठमाण्डौं । अर्थमन्त्री युवराज खतिवडाले ‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्पलाई पूरा गर्ने लक्ष्यलाई बजेटले केन्द्रमा राखेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटको प्राथमिकताबारे जानकारी दिदै अर्थमन्त्री डा खतिवडाले उक्त कुराको जानकारी गराएका हुन् । संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यबाट सामाजिक न्यायसहितको विकास र समृद्धिको मार्ग प्रसस्त हुने…

देशभर २३ भन्सार कार्यलयहरु, जनकपुर र राजविराजलगायतका ११ भन्सार कार्यलयबाट निर्यात शून्य

काठमाण्डौं । देशभर संचालनमा रहेका २३ भन्सार कार्यलयहरुमध्ये आधा भन्सार कार्यलयबाट चालु आर्थिक वर्षको ९ महिनामा कुनैपनि निर्यात हुन सकेको छैन । २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि मालसामान निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ११ वटा भन्सार कार्यालयबाट कुनैपनि प्रकारको निर्यात नभई शून्य अवस्थामा…

सरकारले ल्याएको ‘नियन्त्रणमुखी विधेयक’विरुद्ध पत्रकार महासंघले बनायो संघर्षका कार्यक्रमहरु

पोखरा । सरकारले ल्याएको सरकारले ल्याएको ‘नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक’विरुद्ध नेपाल पत्रकार महासंघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा उपलब्ध महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरुको शुक्रबार सम्पन्न बैठकले प्रस्तावित विधेयक विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । विरोधका कार्यक्रम अनुसार, २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल हुनेछ भने ३०…

पश्चिम तराईमा चर्को घाम र तातो हावा हुरीसँगै (लु) चल्यो, ग्रामीण बस्तीमा आगलागीको जोखिम

नेपालगञ्ज । पश्चिम तराईमा चर्को घाम र तातो हावा (लु) चलेसँगै गर्मी बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । नेपालगञ्ज लगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम लाग्नुका साथै तातो हावा (लु) चल्न थालेको समाचार छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयले यहाँको…