
पोखरा । एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन् । ‘नेभर गिभ अप’ लक्ष्यबाट…
पोखरा । सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको समाचार छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ ।…
विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुको एउटा विवादास्पद भिडियो सार्वजनिक भएपछि उनीहरुले सामूहिक रुपमै सरकार छोडेका छन् । पार्टी र सत्ताको प्रभाव बढाउन एक रुसी सम्भ्रान्त घरानाकी महिलासंग व्यवसायिक साँठगाँठ गरेको तथ्य बिहिरिएपछी त्यहाँका भाइस चान्सलर सहित सरकारमा सहभागी फ्रिडम पार्टिका नेताहरु राजिनामा दिन बाध्य भएका हुन् । राजिनामा दिनेमा…
पोखरा । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरिएको समाचार छ । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा…
पोखरा । कामीरिता शेर्पाले आफनै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका साहसिक आरोही शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेको सगरमाथा आधारशिविरबाट सरकारका सम्पर्क अधिकृतहरुले जानकारी दिएका छन् । जेठ १ गते बिहान ७ः५० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा २३…
सोलुखुम्बु । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् । यस सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को नयाँ रेकर्ड बनाउने कामीरिताले बताएका छन् । अर्को हप्ता कामीरिताले पुनः दोस्रो आरोहण सफल बनाए भने उनको सगरमाथा आरोहण २४ पुग्नेछ । उनले आफैले बनाएको सगरमाथा आरोहणको अर्को रेकर्डलाई तोड्नेछन् । विश्वकै सर्वोच्च…
पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् । पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् । यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको…
पोखरा । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ । त्यसभन्दा माथि आरोहीहरू स्वयंले बाटो बनाउँछन् । आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ । यस पटक…
सोलुखुम्बु । कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखरमा सफल आरोहण गरेका छन् । यो सँगै कामिरिताले सगरमाथाको सर्वोच्च चुचुरोमा पुगेर आफ्नै कीर्तिमानलाई तोड्न सफलसमेत बनेका छन् । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धेरै पटक पुग्ने व्यक्तिहरुमध्ये कामिरिताले आफूलाई अग्रस्थानमा राख्न सफल भएका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा…
पोखरा । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा लोगो र म्यासकट सार्वजनिक गरिएको थियो । सागको प्रतिक चिन्ह लोगोमा परेवा राखिएको छ भने म्यासकटमा कृष्णसार राखिएको छ । खुल्ला चित्र प्रतियोगिताबाट छानिएको लोगो र म्यासकट…