Hero News »

बालुवाटारको ललिता निवासलगायत त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ताको जग्गासहित अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नतासम्बन्धी छानबिन शुरु

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ । बालुवाटारको ललिता निवासलगायत त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो । सार्वजनिक पर्ती, सरकारी जग्गा व्याक्तिको नाममा बनाउने, नापी गर्ने र दर्ता गराउने,…

अनुष्का श्रेष्ठले जितिन यस वर्षको मिस नेपालको उपाधि

पोखरा । अनुष्का श्रेष्ठले यस वर्षको मिस नेपाल वल्र्डको उपाधि जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । ‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वल्र्डमा सहभागिता जनाउन पाउनेछिन् ।…

‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संबैधानिक सर्बोच्चता र लोकतान्त्रिक मुल्यमा प्रतिबद्धता’ प्रधानन्यायधीश जबराको शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवद्र्धनमा जोड दिएका छन् । प्रधानन्यायाधीश राणाले ‘कानून दिवस, २०७६’ का अवसरमा शुभकामना व्यक्त गर्दै समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आ–आनो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी…

‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने’ पत्र कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई सर्वोच्च अदालतको अर्को अन्तरिम आदेश

पोखरा । सर्वोच्च अदालतले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने पत्र कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजालसले गृह मन्त्रालयले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने पत्रको कार्यान्वयन नगर्न आदेश दिएको…

‘आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न र सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय आवश्यक छ’ डा. बाबुराम भट्टराईको सुझाव

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको अर्थ समितिका सदस्यसमेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गर्न आवश्यक रहेको सुझाव दिए । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभा अर्थ समितिको बैठकमा डा. भट्टराईको सुझाव थियो, ‘राजनीतिक रुपमा भन्दा आर्थिक समृद्धि उन्मुख बजेट…

काँग्रेस महामन्त्री खड्काले पोखरामा भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझिनेछ’

पोखरा । काँग्रेस महामन्त्री खड्काले काँग्रेसहरुलाई कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझ्नका लागि राष्ट्रिय अभियान शुरु गरिएको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट मुलुकभर एकसाथ शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेशको नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ कार्यक्रमअन्तरगत पोखरामा बोल्दै महामन्त्री खड्काले भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई अभियानमार्फत माझिनेछ ।’ खड्काले कुँडिएको काँग्रेसी मनहरुलाई एकता गराउने…

सचेतक शान्ता चौधरीको संसदमा आक्रोस, ‘जनताको जीवन बदल्ने सपना देख्न पाउँदैनस्, खबरदार ! भनेर औंला उठाउँछ, मेरो देशको प्रतिपक्ष’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले सोमबार सरकारको आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममाथि भाग लिदैं प्रतिपक्ष काँग्रेसमाथि आक्रोस पोखिन् । नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको सचेतक चौधरीको भनाई थियो । ‘लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि योगदान पुर्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ,’ चौधरीले थपिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली…

रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४१ पुग्यो

मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन् । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयले ६ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये ३ जनाको अवस्था…

अति लोपोन्मुख जाति कुसुण्डा बालिका सीमान्तको शिक्षा/स्वास्थ्य सहयोग अभियान घोषणा

दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा गरिएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । साभ नेपालका अध्यक्ष तुलसी…

सरकारले अव्यवहारिक कार्यक्रमहरु अघि सारेर सपना बाँड्न खोजेको काँग्रेस सभापति देउवाको आरोप

पोखरा । सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले अव्यवहारिक कार्यक्रमहरू अघि सारेर सपना बाँड्न खोजेको आरोप लगाएका छन्। आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस पनि अहिले लिन खोजेको…