Hero News »

प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता

नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्ने प्रतिबद्वता जनाएका छन्। उनीहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका हुन्। प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले आज (मंगलवार) यस्तो प्रतिबद्धता जनाएका हुन्। अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे…

मेरो समाचार स्रोत गलत परेछ: बस्नेत (अध्यक्ष, प्रेस चौतारी)

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति…

विदेशी टेलिभिजन च्यानलहरु आजदेखि बन्द हुँदै

नेपालमा प्रसारण भइरहेको सबै सशुल्क विदेशी टेलिभिजन च्यानल आज (सोमबार) देखि बन्द हुँदैछन्। सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ। भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ। आलाकार्ट…

प्रेस काउन्सिललाई विज्ञ समूहले सुझाव दियो

पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ। असार १९ गते गठित कार्यदलले १० दिन भित्रमा आइतवार सुझावसहितको प्रतिवेदन बुझाएको हो। समूहका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम को हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…

प्रेस काउन्सिलले बनायो विज्ञ समूह

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ। बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ। दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्। छापा र प्रसारणसँगै डिजिटल…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम दिएको हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…

बागलुङको ताराखोलामा असारे मेला सुरु

बागलुङको ताराखोलामा आज (मंगलबार) देखि  यस वर्षकोअसारे मेला सुरु हुँदैछ। ‘भौगोलिक तथा जातीय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित परम्परागत रुपमा मनाउँदै आएको असारे मेला संचालन हुने भएको हो। ताराखोला गाँउपालिका वडा ५ स्थित असारे युवा क्लबले आज (मंगलबार, असार १९) देखि २४ गतेसम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मेलाको…

पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सव

पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको छ। १८ वर्षदेखि निरन्तर पोखराका फरक–फरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखराको कसेरी फाँटमा गरिएको हो। स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो। पर्यटनको ‘अफसिजन’ मानिने वर्षायाममा पनि विदेशी पाहूनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम…

मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय…