
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए। कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका…
गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो। अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये…
विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा बढ्दो छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको…
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ। आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ। बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।…
मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री…
भारतमा हुने साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन्। मिडफिल्डरमा पुजन…
पोखरामा आयोजित ३ दिने खेल पत्रकारिता तालिम आज (शुक्रबार) सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्ने बताए। ‘सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्छ’ उनले भने। तालिमको आयोजनाको कारण पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै उनले तालिममा…
पोखरामा बुधबारबाट खेल पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले…
भारतले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो। एकपक्षीय प्रदर्शन गरेको भारतले २५–१५, २५–२२, २५–१८ को नजिता निकालेको थियो। यसअघि, तेस्रो स्थानका लागि भएको खेलमा साबिक विजेता नेपालले उज्बेकिस्तानलाई…
एनएससी काभा महिला महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा घरेलु नेपाली टोली तेस्रो स्थानमा खुम्चिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टोली नेपाल च्याम्पियनसीपमा तेस्रो बनेको हो। पहिलो सेटमा लय गुमाएको नेपालले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै उज्वेकिस्तानलाई पहिलो सेट २५–२० दोस्रो सेट २५–१६ को…