Hero News »

पोखरा महानगरले पत्रकार कल्याणकारी कोष संचालन गर्दै

पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ। पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ। पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो। कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी…

सिचुवानको टोली बन्यो ड्रागन बोट रेस च्याम्पियन

नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ। पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो। २ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो। त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको…

ड्रागन बोट रेसमा पहिलो खेलबाट ४ टिम फाइनलमा

चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्। आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ। आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्। सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह…

पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ। पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो। चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी…

पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) बिहान पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाजले अवतरण गरेको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका…

पत्रकार महासंघ गोरखामा तालाबन्दी

नेपाल पत्रकार महासंघ गोरखा शाखामा तालाबन्दी गरेको छ। शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालाबन्दी गरिदिएको हो। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरेको निर्णयप्रति विरोध जनाउँदै तालाबन्दी गरेको हो। सेन्टरले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको…

पत्रकार महासंघ गोरखामा शुद्विकरण अभियान

नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ। सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त…

प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले डटेर लड्छ: नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध समाजवादी मोर्चा डटेर लड्ने बताएका छन्। सोमवार काठमाण्डौमा आयोजित ‘ं(समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने उल्लेख गरे। मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनको भनाई थियो। ‘कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरेको होइन,’ उनले भने।…

प्रतिगामी प्रवृत्तिविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्। सोमवार ’समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन्। उनले भने, ‘परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेकाले समाजवादी…

४ दलको संयुक्त समाजवादी मोर्चा घोषणा

राजनीतिक ४ दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज (सोमवार) समाजवादी मोर्चा घोषणा गरेका हुन्। काठमाण्डौको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा ४ दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन्। सहमतिपत्रमा माओवादी केन्द्रका…