
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोर्टस् डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले यस्तो प्रतिक्रिया दिएका हुन्। त्रिपुरेश्वरस्थित मञ्चमा आयोजित उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको ऐन अनुशरण नगर्नाले…
प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन्। नेपाल मतदाता अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो…
पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ। पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघसंस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरे। दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि…
लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यु–२० च्याम्पियनसीप फुटबलबाट बाहिरिएको छ। भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो। भारतको जितमा गुर्किरात सिंहले खेलको अन्तिम समयमा निर्णायक गोल गरेका थिए। यसअघि, बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल पुग्ने झिनो आशा राखेको नेपाल भारतको जितसँगै बाहिरिएको हो। यदि…
साफ यु–२० वर्षमुनिको साफ च्याम्पियनसीपमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। भुवनेश्वरको कालिंगा रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग १/१ गोलको बराबरी खेलेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीबाट अवसर बनेपनि गोल भने हुन सकेन। दुवै गोल दोस्रो हाफमा संभव भएकमो थियो। खेलको ६३ औँ मिनेटमा बंगलादेशका मोहमद पियास अमहेद नोभाले…
राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज (आइतबार) बसेको ११३ औ राखेपको बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो। बैठकले नवौं राष्ट्रिय खेलकुद, खेलाडीको पुरस्कार र भत्ता लगायत विभिन्न निर्णय समेत गरेको छ। बैठकले नवौं…
नवौँ राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न ५ बुँदे निर्णय पारित गरेको छ। सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरिएको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारिताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता…
बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…
नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा आज (बुधबार) नेपालले श्रीलंकालाई ३–० गोलले हरायो। जितसँगै नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ। नेपालको जितमा कप्तान आयुष घलान, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले सबै गोल दोस्रो…
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्तीर्ण (प्रतिशत) का आधारमा ७ प्रदेशहरुमध्ये गण्डकी प्रदेश छैठौं स्थानमा छ। गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा १ लाख ७ हजार ४२५ जना…