Hero News »

९ हजार ६३३ ले ल्याए एसईईमा ए प्लस

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक आएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। त्यस्तै, ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन्। २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या…

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने…

एसईईको नतिजा आउँदै (हेर्नुहोस, नतिजा हेर्ने तरिका)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधबार) सार्वजनिक गर्दैछ। यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागु…

नवौं राष्ट्रिय खेलकुद: कुन खेल कहाँ ? (हेर्नुहोस, सूचीसहित)

गण्डकी प्रदेशको राजधानी पोखरा लगायत प्रदेश मातहतको विभिन्न जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। आगामी असोजको २८ देखि कात्तिकको ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत प्रदेश मातहतका विभिन्न जिल्लामा हुने प्रतियोगिताका खेलाडीहरुले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेश अन्तर्गत कुन खेल कहाँ आयोजना गर्नेबारे समेत टुंगो लगाएको आयोजक राखेपले जनाएको छ। फुटबल (पुरुष), ह्याण्डबल (महिला/पुरुष), एथ्लेटिक्स…

गण्डकीको खेलकुद परिषदले थाल्यो नवौं राष्ट्रिय खेलकुदको तयारी

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी थालेको छ। यसै क्रममा परिषदको सोमबार सकिएको पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा संचालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो। बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन,…

नवौं राष्ट्रिय खेलकुद : कीर्तिमानीलाई ५० हजार पुरस्कार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमान रच्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको नवौं राष्ट्रिय खेलकुद सचिवालय एवं राखेप प्रचार प्रसार शाखा प्रमुख फणिन्द्र पौड्यालले जानकारी दिएका छन्। पौड्यालका अनुसार प्रतियोगितामा…

दलाल पुँजीलाई पोषेर देशमा समाजवाद असंभव छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन्। कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई शनिवार सम्बोधन गर्दै नेपालले भने, ‘दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रबद्र्धन संभव हुँदैन देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ।…

बीपीका सिद्धान्त दलहरुको मुलमन्त्र : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बीपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका संस्थापक जननायक बीपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बीपीले लिएको राष्ट्रिय मेलमिलाप…

वैदेशिक रोजगारीमा रहेकाहरु अब सामाजिक सुरक्षाको दायरामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन्। नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने उनको भनाई थियो।…

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १४ उपसमितिहरु गठन

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदले विभिन्न उपसमितिहरु गठन गरेको छ। आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताका लागि राखेपले १२ वटा विषयगत उपसमितिहरु गठन गरेको हो। विविध १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका…