
आज, श्रावण शुक्ल पूर्णिमाका दिन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक…
पोखरामा पनि आज (मंगलबार) २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश आसपासका आदिवासीहरुले दिवस मनाएका हुन्। आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल र्याली निकालेर पोखरा रंगशाला अगाडीको नेपाल मगर संघको भवनमा…
आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ। हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि ‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’ अर्थात ‘परम्परागत ज्ञान र…
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चमा पुगेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पोखरा आइपुगेका घिसिङको सम्मानमा आयोजना गरेको कार्यक्रममा सोमबार उनी मञ्चमा पुगेकाम हुन्। मञ्चका पदाधिकारी तथा सदस्यहरुसँगको भेटघाटमा सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बारे छलफल गरे। उनले राष्ट्रिय खेलकुद…
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद हुने दाबी गरेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने सदस्य सचिव घिसिङको दाबी छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे।…
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले १५ दिनभित्र आयोगमा सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोग पदाधिकारीको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउनु पर्नेछ। आयोगमा हाल १…
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज (आइतबार) देखि राजनीतिक दल दर्ता सुरु हुँदैछ। निर्वाचन आयोगले मंसीर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने सुरु गरेको हो। आयोगले आजदेखि ३१ गतेभित्र दल दर्ता गर्ने जनाएको छ। दलहरुले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्नेछन्। दल दर्ताको…
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज (शुत्रबार) प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताले स्वतन्त्रता…
निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ। ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस…
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले चुनावअघि नै राजनीतिक दलको घोषणापत्रहरु आउनुपर्ने औंल्याएका छन्। चुनावअघि नै राजनीतिक दलहरुको घोषणपत्र सार्वजनिक हुनुपर्ने रोहितले उनको जिकिर थियो। पोखरामा आज (शुक्रबार) पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन्। उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताका मताधिकार सदुपयोगको िशुनिश्चित हुने उल्लेख…