राष्ट्रिय »

पीएम कपः उद्घाटन खेलमा आर्मीले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगिता आज (सोमबार) देखि सुरु भएको छ। प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी बनेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (सोमवार) भएको उदघाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो। आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। जवाफमा कर्णाली प्रदेशले १४ दशमलव…

सन् २०२१ मा नेपाली प्रेस जगतलाई फर्केर हेर्दा

सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो। तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासंघमा अभिलेखीकरण भएको छ। महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता…

आज संसद बैठक बस्दै, त्यसअघि कार्यव्यवस्था समितिको बैठक

प्रतिनिधिसभाको १० औँ अधिवेशनको दोस्रो बैठक आज (मंगलबार) बस्दैछ। संसद बैठक बस्नुअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल…

साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको चौथो संस्करण हेटौडामा

नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा आउँदो पुसको दोस्रो हप्तादेखि चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ। प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने छन्।…

पत्रकारमाथि भएको हातापातको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

समाचार संकलनका क्रममा सोलुखुम्बुस्थित सोलु एफएमका समाचार सहायक एवं उज्यालो नेटवर्कका सुबास दर्नाल र रमन वनमाथि भएको हातपात र उनीहरूको संचारसामग्रीमा क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ।’…

‘राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्छ’ – प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्ने बताएका छन्। बुधवार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिदैँ प्रचण्डले राप्रपासँग आफ्नो विचार र मत नमिल्ने तर, राष्ट्रियताको भाषा मिल्ने भएकाले गोत्र चाहिँ मिल्ने भन्न सकिने प्रचण्डले बताए । ‘म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी हुँ तर, तपाईंहरूजस्तै राष्ट्रवादी चाहिँ हो।’ प्रचण्डले…

संयुक्त सरकारकाे न्यूनतम साझा कार्यक्रम

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। साझा नीति तथा कार्यक्रममा कोरोना रोकथाम र प्रभावित क्षेत्रमा राहत दिने विषयलाई प्राथमिकता दिइएको छ।…

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो

सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे…

विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्। शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्। उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक…

नेकपा एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिए

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन्। नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो । राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि…