राष्ट्रिय »

काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक

पोखरा । काठमाण्डौं म्याराथनमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफकी कान्छीमाया कोजुले ह्याट्रिक गर्न सफल भएकी छिन् । काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै कान्छीले उपाधिमाथि ह्याट्रिकको सफलता हात पारेकी छिन् । यसअघि, कान्छीले लगातार दुई संस्करणको उपाधि जितेकी थिइन् । काठमाडौं म्याराथनमा भने समग्रमा…

सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला : खेलकुदमन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने बताएका छन् । उनले वर्तमान सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा समेत खेलग्रामको अवधारणा ल्याएको उल्लेख गरे । पोखरामा शुरु भएको प्याब्सन कास्कीको १६ औं संस्करणको स्पोर्टस् मिटको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले भने, ‘खेल क्षेत्रको समृद्धि नभई मुलुकको समृद्धिको कल्पना…

सागमा महिला खेलाडीबाट नेपाललाई बढि स्वर्ण

पोखरा । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए । घरेलु मैदानमा भएको साग खेलकुदमा नेपालका महिला खेलाडीहरुका लागि ऐतिहासिक बन्यो । महिला खेलाडीहरूले हामी पनि कम्जोर छैनौँ भनेर प्रमाणित गरे । सागको एकै संस्करणमा ५१ स्वर्ण जित्दै नेपालले इतिहास रच्दा २९ नेपाली महिला…

पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार

पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९/९ लाख दिने घोषणा गरेका छन् । टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको सोबारे भने उल्लेख गरिएको छैन । फुटबल, कराँते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो ।…

सकियो साग खेलकुद

पोखरा । दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ । नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन गरिएको हो । मंसिरको १५ गतेबाट सागको उद्घाटन पनि यसै रंगशलाबाट गरिएको थियो । औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो । समापन समारोहलाई…

नेपाल फुटबलको साग च्याम्पियन

पोखरा । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपाल च्याम्पियन बनेको छ । च्याम्पियन बनेसँगै नेपालले यस संस्करणको स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानमाथि २–१ गोलले जित निकाल्दै नेपालले स्वर्ण स्वर्ण हात पारेको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालले पुरुष फुटबलमा उपाधि रक्षा समेत गरेको छ । यसअघि २०१६…

१३ औं सागमा नेपाललाई कीर्तिमानी ५१ स्वर्ण

  पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । यस सागमा १७ वर्षीया गौरिका सिंहका लागि ऐतिहासिक बन्यो । पौडीमा गौरिका एक्लैले चार स्वर्ण जितिन् । उनले नेपाललाई ३ रजत र २ कांस्य समेत दिलाइन् । उनी एक्लैले ९ वटा पदक जितेर इतिहास रचिन् । दुई छोराकी आमा…

सागको जुडोमा पुनमले राष्ट्रलाई थप स्वर्ण दिलाइन्

पोखरा । १३ औं साग अन्तर्गत जुडोमा पुनम श्रेष्ठले अर्को स्वर्ण पदक दिलाएकी छन् । यससँगै १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । पुनमले महिलाको ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खातुमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । पुनमले खातुमलाई नकआउटमै हराएकी थिइन्…

१९९९ पछि सागको बक्सिङमा भुपेन्द्रले स्वर्ण दिलाए

पोखरा । १३ औं साग बक्सिङमा भुपेन्द्र थापाले थपे नेपाललाई अर्को स्वर्ण दिलाएका छन् । नेपाली बक्सिङमा लामो समय गुमेको शाखलाई फर्काउँदै भुपेन्द्रले बक्सिङमा नेपाललाई एकपछि अर्को स्वर्ण सफलता दिलाउन सफल भए । पुरुषतर्फको ६४ केजी लाइटवेटमा भुपेन्द्रले स्वर्ण पदक जितेका हुन् । सोमबार विहान मिनु गुरुङले महिलाहरुको ५४ केजी तौल समूहमा स्वर्ण दिलासँगै भुपेन्द्रले…

सागमै गौरिकाले ऐतिहासिक ४ स्वर्ण जितिन्

पोखरा । नेपालकी गौरिका सिंहले सनसनी यस संस्करण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पौडीमा सनसनी मच्चाइन् । गौरिका साग खेलकुदको एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै…