राष्ट्रिय »

उल्लंघन गरे, मिडियालाई लोककल्याणकारी विज्ञापनमा कडाई

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने संचारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ। काउन्सिलले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचार–प्रसार गर्ने समय आज (बिहीबार) राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न संचार माध्यमलाई सचेत गराएको हो। ‘स्थिर समय सुरु…

आफूले दिएको मत बदर हुनसक्छ, ख्याल राखौं

मत बदर हुनबाट जोगिन नागरिकले मतदान गर्दा ख्याल गर्नुपर्ने हुन्छ। नागरिकले मतदान गर्दा ख्याल पुर्‍याए मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले सुझाएका छन्। अर्यालकाअनुसार सबैभन्दा पहिले मतदान गर्ने मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भएको हुनुपर्छ। यदि, अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान गरेको छ भने त्यस्तो मतपत्र बदर हुन्छ। ती, मतपत्र गणना…

मंसीर ४ र ५ गते गरी २ दिन सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा २ दिन विदा दिने भएको छ। गृह मन्त्रालयले आज (मंगलबार) सूचनामार्फत आगामी ४ र ५ मंसीरमा सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रकाशित गरेको सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मंसीर २ देखि ५…

११६ जनालाई निर्वाचन आयोगको कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो। आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ। आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ। शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन…

मतदानको दिन सार्वजनिक सवारी चल्दैन

मतदानको दिन सार्वजनिक सवारी चलाउन पाइँदैन। आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न नपाइने भएको हो। निर्वाचन आयोगकाअनुसार मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत…

सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्यो

४ मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ। निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो। मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो। अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्‍याइनेछ। संघ र प्रदेशको प्रत्यक्ष…

डोटी भूकम्प : दिउँसो ४ बजेसम्म २ सय १० पराकम्प

डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति २ बजेदेखि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प रेकर्ड गरेको छ। ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ। मंगलबार २ बजेर १२ मिनेटमा…

पोखरामा पनि छठ पर्वको समापन

आज कार्तिक सप्तमी तिथी। अर्थात, छठ पर्वको अन्तिम दिन। पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ। पोखरामा पनि छठ पूजालाई व्यवस्था गरिएको थियो। केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा छठ पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको…

आजदेखि छठपर्वको ब्रत सुरु

आज कार्तिक शुक्ल पञ्चमी अर्थात आजदेखि आस्थाको महापर्व छठको ब्रत सुरु भएको छ। छठ पर्वको मुख्य दिन आज धुमधामसँग मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी जल चढाएर छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।  विशेषगरि तराईबासीको मुख्य पर्वको रुपमा रहेको यस पर्वको दिन सरकारले हरेक वर्ष सार्वजनिक विदा…

आज भाइटीका, उत्तम साइत बिहान ११: ३७ बजे

आज कार्तिक शुक्ल द्वितीया तिथि, अर्थात यमपञ्चक (तिहार) को पाँचौँ दिन आज भाइटीका पर्व। आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्यप्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका…