राष्ट्रिय »

प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा आज (आइतबार) आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन्। समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरे। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्।…

निर्वाचन खर्च पेश गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा…

‘८ दिनभित्र सबै नतिजा आउँछ’, प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनका सबै नतिजा आउने बताएका छन्। थपलियाले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ।’ मंगलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने बताए। उनले भने, ‘८ दिनभित्र नतिजा आउने…

६० प्रतिशत मत खस्यो

आज (मंसीर ४, आइतबार) देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएको छ। आज बिहान ७ देखि साँझ ५ बजेसम्मको निर्धारित समयमा देशभरका मतदाताहरुले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ। यो पाली केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ। निर्धारित समय सकिएपनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले…

मतदान गर्ने सही तरिका

आज (मंसीर ४ गते, आइतबार) प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ। आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराइसकेको छ। मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको छ। आयोगका अनुसार मतदाताका लागि ४ चरणमा मतदान गर्ने कार्य सम्पन्न हुनेछ।…

आज आम निर्वाचन, सबैले मत हालौं

आज (मंसिर ४ गते, आइतबार) प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को मतदान गर्ने दिन। आजका दिन नेपाली नागरिकहरुले आफ्ना जनप्रनिधि चुन्ने दिन। आफ्नो क्षेत्रमा दिगो प्रभावकारी विकास गर्न सही नेता छनोट गर्ने दिन्। आफ्नो कानुन बनाउने जनप्रनिधि चुन्ने दिन्। हामीले दिएको प्रत्येक मतको महत्व विशेष छ। भोलिका लागि हाम्रै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै…

निर्वाचनको दिन सवारी साधन क–कसले चलाउन पाउँछन् ?

निर्वाचन आयोगले भोली (आगामी मंसीर ४ गते, आइतबार) मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ। आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो। बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसार–पसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसंचार…

मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगको ६ बुँदे निर्देशन

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो। यस्ता छन् निर्देशन १. प्रत्येक मतगणनास्थलमा प्रेस…

समानुपातिक उमेदवारका लागि आयोगले परिचयपत्र उपलब्ध गराउने

आसन्न मंसीर ४ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध हुनेछ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने भएको जनाएको हो। ‘अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड…

हेर्नुहोस, आचारसंहिता अनुगमन समितिको बैठकमा भएको निर्णय

निर्वाचन आयोगको कार्यालयले आचारसंहिता सम्बन्धी निर्णय सार्वजनिक गरेको छ। आयोगले उक्त निर्णय सार्वजनिक गरेको हो । हेर्नुहोस, निर्णय : १ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने…