
स्याङ्जाको भीरकोट नगरपालिकामा महिलाहरूलाई नौमती बाजा बजाउने तालिम संचालन गरिएको छ। सो नगरपालिकाको वडा नं ६ मा मगर समुदायका महिलाहरूलाई लक्षित गरी नौमती बाजा तालिम संचालन गरिएको हो। परम्परागत संस्कृति संरक्षण र बाजा बजाउने सीपको पुस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा १६ जना महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सुरु गरिएको हो। वडा अध्यक्ष लक्ष्मण खत्री…
पोखरामा नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को ५० औँ बैठक सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार बैठकको उद्घाटन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले कार्यक्रममा बोल्दै वर्तमान संविधान र संघीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताएका छन्। ‘लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहेजस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने हुन्छ। संविधानअनुसार…
काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ। इरानको यु–१८ को जुनियर टोलीले क्लब लिगको शीर्ष स्थान ओगट्यो। त्यसैगरी, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो स्थानमा रह्यो। भारतको क्यालिकट हिरोज तेस्रो स्थान रहन सफल बन्यो। यसैगरी, माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रह्यो। आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिबल संघले क्यालिकट…
जनकपुर बोल्ट्स एक खेल अगावै फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ। काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको हो। जनकपुर जारी एनपीएलको ‘प्ले–अफ’ मा पुग्ने पहिलो टोलीसमेत बनेको छ। काठमाडौँको पनि ‘प्ले–अफ’ पुग्ने संभावना कायमै छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा…
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो। प्रहरीले भने थप अनुसन्धानका लागि भन्दै ९ दिनको समय मागेको थियो। कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक बिहीबार कास्की जिल्ला अदालत उपस्थित…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ’सुपर ओभर’ मा विराटनगर किङ्समाथि पोखरा एभेन्जर्सले जीत निकालेको छ। जारी यस एनपीएलमा यो पहिलो ’सुपर ओभर’ हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार ‘सुपर ओभर’ को रोमाञ्चक खेलमा पोखराका लागि रेमन रेफरले १७ रन बनाए। एन्ड्रिस गौसले १ रन थपे। जवाफमा ५ रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र…
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। मन्त्रालयको सभाहलमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपंक्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानूनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धीहरु सार्वजनिक गरेकी हुन्। मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सोअनुसार कार्य गर्दै आएको उल्लेख…
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ। उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा ल्याइएको हो। वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि त्यहाँ लगिएको थियो। उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं लगिएको हो। लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका…
हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार जीत निकाल्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। कमाठमाण्डोंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको अन्तिम खेलमा हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो। प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो। जीतसँगै हेल्प नेपालले ३ खेलबाट ८…
पोखरामा जारी पर्वतीय महोत्सवमा आज (बुधबार) ‘समिटर्स डायलग’ प्यानल डिस्कस्सन कार्यक्रम गरिएको छ। पूर्व निर्धारित कार्यक्रम तालिकाअनुसार भएको यस कार्यक्रममा चर्चित आरोहीहरुले आरोहणका अनुभवहरु साटासाट गरे। आजको प्यानल डिस्कस्सन कार्यक्रममा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पा सहभागी थिए। उनीहरुले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे। विश्वका…