समाचार »

२१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ को तयारी अन्तिम चरणमा

पोखरामा आयोजना हुने २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ को तयारी तिब्र पारिदैंछ। यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र पारिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए। विहीबार आयोजित पत्रकार सम्मेलनमा सुवेदीले सो कुरा बताएका हुन्। संघले पोखराको लेकसाइडस्थित खहरेचोकदेखि सहिदचोकको बीच सडकमा यो महोत्सव आयोजना गर्दै…

एएफसी एसियन कप-२०२७ छनोट खेलमा नेपाल लाओससँग पराजित

एएफसी एसियन कप -२०२७ एसियन छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ। तेस्रो चरण छनोटको अन्तिम खेलमा नेपाल लाओससँग १-० गोलले पराजित भएको हो। न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा लाओसका लागि एकमात्र निर्णायक गोल कप्तान बौनफाचन बौनकोङले गरे। बौनकोङल खेलको ४८ औं मिनेटमा गोल गरे। नेपालको मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको डेब्यू थियो…

कास्कीको याङ्जाकोटमा फोटो पत्रकारको साधारणसभा

नेपाल फोटो पत्रकार संघ कास्कीको साधारणसभा मंगलबार भएको छ। कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारणसभा भएको हो। साधारणसभाबाट संघले गरेको प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरिएको छ। साथै, सचिव धनबहादुर गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष युनिश गुरुङको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतले पारित गरेको छ।…

नेपाल फोटो पत्रकार संघ, कास्कीको एडभान्स फोटो पत्रकारिता तालिम

कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबारदेखि ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजना नेपाल फोटो पत्रकार संघ, कास्कीको सह–कार्यमा तालिम भएको हो। तालिममा फोटोको आधारभूत ज्ञान, फोटोको प्रकार, कम्पोजिसन, फोटो क्याप्सन, फोटो स्टोरी, कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। गण्डकीकी प्रेस रजिष्ट्रार…

१० औँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड तयारी, उपसमिति गठन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख १८ गते आयोजना गर्ने १० औं पोखरा स्पोर्टस् अवार्डको तयारी थालेको छ। सोमबार मञ्चको आयोजनामा अवार्ड तयारीका लागि सदस्यहरु तथा पत्रकारसम्बद्ध संघसस्थाहरुका प्रतिनिधिबीच भेला आयोजना गर्‍यो। मञ्च अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा बसेको भेलाले विभिन्न १० उपसमिति गठन गरेको महासचिव परशुराम शर्माले जानकारी दिएका छन्। अवार्डको मूल आयोजक समिति…

पत्रकारको जिम्मेवारी खबरदारी गर्नु हो: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारलाई खबरदारी गर्ने जिम्मा पत्रकार जगतसँग रहेको बताएका छन्। पत्रकारहरुले आफ्नो जिम्मा निर्वाह गर्ने कुरामा आफूले विस्वास गरेको मुख्यमन्त्रीले औंल्याए। पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो अभिमत राखेका हुन्। सत्तापक्ष कमजोर भएका बेला पत्रकार जगत र पत्रकारिता…

पत्रकारहरु राजबहादुर, फडिन्द्र र एकराजलाई पत्रकारिता पुरस्कार प्रदान

पोखरामा कृयाशील पत्रकारहरु राजबहादुर गुरुङ, फडिन्द्र अधिकारी ‘अकिञ्चन’ र एकराज गिरी पुरस्कार पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघको कास्की शाखाले उनीहरुलाई पुरस्कार प्रदान गरेको हो। पोखराको अग्रणी सामाजिक संस्था सहारा क्लब पोखरा पनि पोखरा पत्रकारिता पुरस्कार–२०८२ बाट सम्मानीत भएको छ। गुरुङलाई पोखरा पत्रकारिता पुरस्कार–२०८१ र सहारा क्लब…

नेपाल पत्रकार महासंघले मनायो ७१ औं स्थापना दिवस

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रम गरी आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ। दिवसका अवसरमा महासंघको केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरूले देशभर विविध कार्यक्रम आयोजना गरेका छन्। महासंघ केन्द्रीय समितिको आयोजना र उपत्यका प्रदेश समितिको संयोजनमा सिनामंगल चोकदेखि संचारग्रामस्थित महासंघको केन्द्रीय कार्यालय परिसरसम्म प्रभातफेरी आयोजना गर्‍यो। प्रभातफेरीपछि पत्रकार…

पत्रकारमाथिको दुर्व्यवहारप्रति प्रेस काउन्सिलको चिन्ता

समाचार संकलनको क्रममा पत्रकार/संचारकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारप्रति प्रेस काउन्सिल नेपालले चिन्ता व्यक्त गरेको छ। नागरिकको सूचना हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भन्दै काउन्सिलले प्रेसको मर्यादा कायम राख्न अनुरोधसमेत गरेको छ। काउन्सिलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता र सम्मान हुनुपर्नेमा जोड दिएको छ। काउन्सिलका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा…

अबदेखि टोकन प्रणालीको अन्त्य, आवेदन दिएको दिनमै श्रम स्वीकृति लिन पाइन्छ

अबदेखि टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति लिन पाइनेछ। सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। यसअघि, टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज…