समाचार »

यु–२० साफ च्याम्पियनसीपमा नेपालको लगातार दोस्रो जीत

नेपालले माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसीप फुटबलमा लगातार दोस्रो जीत निकालेको छ। यो जीतसँगै नेपाल जारी यु–२० साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनल नजिक पुगेको छ। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। नेपालको जीतमा सुवास बमले निर्णायक गोल गरे। समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जीत हो।…

वीरगंजबाट ‘जाउँ है पोखरा’ अभियान सुरु

नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको ‘जाउँ है पोखरा अभियान’ सुरु भएको छ। होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो। आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुनेछ। आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार…

मिडिया एड्भोकेसी ग्रुप (म्याग) को पत्रकारिता तालिम सकियो

पोखराका कृयाशील पत्रकारका लागि मिडिया एड्भोकेसी ग्रुपद्वारा दिएको पत्रकारिता तालिम सकिएको छ। आइतबारदेखि सुरु दुई दिने तालिममा पत्रकारलाई पत्रकारितासम्बन्धी तालिम दिइएको हो। पोखराको विभिन्न संचार संस्थाका कार्यरत पत्रकारहरुका लागि तालिमको आयोजना गरिएको हो। तालिममा विभिन्न मिडियाबाट २० जना पत्रकारको सहभागिता थियो। म्यागका उमेश पोखरेल र दि हिमालयन टाइम्सका सम्पादक राजन पोखरेलले तालिममा सहजीकरण गरेका थिए।…

पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान

यसपटकको ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ। आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य बोकेर यही चैत ९ देखि १३ गतेसम्म यो अभियान संचालन हुनेछ। होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानअन्तर्गत हेटौंडा, वीरगंज, पशुपतिनगर र विराटनगरलाई छनोट गरेको छ। पोखराका…

पोखरामा दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो हुँदैं

पोखरामा चैत ११ (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुति तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) को आयोजनामा चैत्र ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराहीचोक नजिकको खेल मैदानमा अटो शो संचालन हुनेसोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो। प्रदेशकै…

यु–२० साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

नेपालले यु–२० साफ च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ। नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको भएको खेलमा नेपालले भुटानमाथि कठिन जीत निकाल्दै च्याम्पियनसीपमा विजयी सुरुवात गरेको हो। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो। नेपालका लागि सुजन डंगोल र सुवास मल्लले गोल गरे। सुजनले ५ औं र सुवास बमले ५२औं…

विदेशी खेलाडीहरुले जिते प्याराग्लाइडिङ च्याम्पियनसीपको उपाधि

विदेशी खेलाडीहरुले २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि जितेका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसीप–२०२६ मा भारतका अक्षयकुमार र चिनिया झाउ चेनले प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि जितेका हुन्। पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दा समान ७ अंकसहित अक्षयकुमार झाउ चेन…

२१ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव’ को तयारी तिब्र

यस वर्ष हुने २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ को तयारी तिब्र पारिएको छ। होटल संघ पोखरा नेपालको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो। पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यस संस्करणमा पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष…

गण्डकी प्रदेश सरकारले प्रदेशमा सार्बजनिक बिदाको अबधि ३ दिन थप्दै

गण्डकी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८३ सालका लागि सार्वजनिक बिदाको अबधि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै असार २९ गते भानु जयन्ती, कार्तिक ८ गते कोजाग्रत पूर्णिमा र माघ १२ गते गण्डकी प्रदेश स्थापना दिवस दिन गरी ३ दिन प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय सार्बजनिक गरेको हो।…

पोखरा–९ मा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम

पोखरा–९ मा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम गरिएको छ। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीको सहयोगमा पोखरा–९ स्थित वडास्तरीय दलित सञ्जालले कार्यक्रमको आयोजना गरेको हो। समाजमा बढ्दो मानसिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सामान्य तनावका कारण हुन सक्ने दुर्घटनालाई रोक्ने लक्ष्यसहित कार्यक्रम संचालन गरिएको…