समाचार »

नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभा जेठ ९ गते

नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ। आइतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्रअनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो। सोहीअनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष मावध वरालले जानकारी दिएका छन्।…

आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जीत

पहिलो संस्करणको आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जीत निकालेको छ। रुवाण्डामा भइरहेको आफ्नो दोस्रो खेलमा पहिलो जीत दर्ता गर्ने क्रममा नेपालले इटलीलाई ५० रनले पराजित गरेको हो। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइतबार भएको इटालीसँग खेलेको यो पहिलो खेल हो। जीतका लागि नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीले १८.४ ओभरमा ६२ रनमा…

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा पुन: समिर बलामी

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनले वलामीलाई पुन: अध्यक्षमा चुनेको हो। अधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। शनिवार राति भएको मतदानमा कुल १६९ मध्ये ९५ मत पाएर बलामी निर्वाचित हुँदा उनका निकततम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत पाए। संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा…

आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपाल पराजित

आइसीसी टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आफ्नो पहिलो सुरुवाती खेलमा पराजित भएको छ। रुवाण्डामा शनिबारबाट सुरु भएको अमेरिकाविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल ४४ रनले पराजित भएको हो। अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ७९ रन मात्र बनायो। नेपालको ब्याटिङतर्फ बिन्दु रावलले सर्वाधिक २७ रन जोडिन्।…

विभागीय आर्मीले जित्यो पीएम कप क्रिकेटको उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटको उपाधि जितेको छ। आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो। वीरगञ्जस्थित नारायणी रंगशालामा शुक्रबार भएको फाइनल खेलमा आर्मीले उपाधि उचाल्यो। योसँगै विभागीय आर्मी तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि चुम्न सफल बनेको छ। यसअघि, सन् २०१७ मा भएको पहिलो संस्करणमा…

गण्डकी प्रदेशको मन्त्रीमण्डलमा हेरफेर

गण्डकी प्रदेश सरकारमा हेरफेर गरिएको छ। मुख्यमन्त्रीमा भने सुरेन्द्रराज पाण्डे नै यथावत छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मंगलबार फेरिएका मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयनताको शपथ गराएका छन्। ९ सदस्यीय गण्डकीको मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा (एमाले) बाट ४/४ जना मन्त्री बनेका छन। नयाँ मन्त्रीमण्डमा काँग्रेसबाट जितबहादुर शेरचन आर्थिक मामिला र नन्दप्रसाद न्यौपाने…

राधिका शर्मा कँडेल संचारिका समुह गण्डकीकी अध्यक्ष

फोटो पत्रकार राधिका शर्मा कँडेल संचारिका समूह गण्डकीको अध्यक्षमा निर्वाचित भएकी छन्। पोखरामा आज (सोमबार) भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयन गरेको हो। समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) छन्। त्यस्तै, सदस्यहरुमा शोभा नेपाल, रिना थापा (तानी),…

पत्रकार महासंघको १७ बुँदे हेटौडा घोषणा-पत्र जारी

नेपाल पत्रकार महासंघको १७ बुँदे घोषणा-पत्र जारी गर्दै हेटौडामा पूर्ण बैठक सकेको छ। बैठकले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जबाफदेही शासन प्रणाली र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाउँदै हेटौडा घोषणा-पत्र जारी गरेको हो। सरकारको प्रेसमाथि अंकुश लगाउने निर्णयविरुद्ध आन्दोलनमा उत्रिने महासंघको पूर्ण बैठकले निर्णय गरेको हो। नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस…

२१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ सुरु

२१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ। आयोजक होटल संघ पोखरा नेपालले सांस्कृतिक झाँकी र बाजागाजासहित यो संस्करणको महोत्सव सुरु गरेको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन्। यसअघि, लेकसाइडस्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचैबाजासहितको लामो र्‍याली अम्बोट पुगेको…

दार्चुलाका मुकेश थापाले जिते खुलातर्फको रात्रिकालीन सडक दौड

दार्चुलाका मुकेश थापाले खुलातर्फको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) जितेका छन्। पोखराको लेकसाइडस्थित बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुलाका २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए। उनले निर्धारित दूरी १७:३१:६७ मिनेटमा पूरा गरे। यसैगरी, सुवास गुरुङले १७:५४:२५ मिनेटमा पूरा गर्दै दोस्रो भए। त्यस्तै, अकलबहादुर पालले १८:०२:०३ मिनेटमा उक्त दूरी पूरा गर्दै तेस्रो…