
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत शिक्षा क्षेत्रमा केही परिवर्तन ल्याउने लक्ष्य राखेको छ। जसअनुसार, सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको परम्परागत आन्तरिक परीक्षा प्रणालीलाई पूर्ण रूपमा बन्द गर्ने विशेष निर्णय गरेको छ। निर्णयानुसार, अब उनीहरूको क्षमता मापनका लागि कुनै पनि मानसिक तनाव नहुने खालका…
सरकारले शासकीय सुधारको १ सय कार्यसूची सार्वजनिक गर्दै नागरिकता र राहदानीको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिने व्यवस्था गर्न लागेको छ। शनिबार सार्वजनिक भएको कार्यसूचीअनुसार जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता र राहदानीको प्राप्त हुँदै आएको प्रतिलिपीका लागि सम्बन्धित जिल्ला धाउनु नपर्ने व्यवस्था लागू हुने भएको हो। साथै, हुलाक सेवालाई आधुनिकीकरण गर्ने उद्देश्यसहित पासपोर्ट, नागरिकता…
समाचार संकलनमा खटिएका पत्रकार तथा संचारकर्मीमाथि एमाले कार्यकर्ताहरुले कुटपिट र दुर्व्यवहार गरेका छन्। नेकपा एमालेको सचिवालय बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरुमाथि एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन् । एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा कार्यकर्ताहरुले दुर्व्यवहारसहित हातपात गरेका हुन्। ‘देश जल्दा तिमिहरूको क्यामेरा कहाँ थियो ?’ भन्दै पार्टीका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका हुन्। यसअघि पनि…
पर्यटक आदान–प्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको ‘जाउँ है पोखरा×’ अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ। यही चैत ९ गतेबाट सुरु भएको पाँचदिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इृलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको हो। होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान…
माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसीपमा नेपाल अपराजित रहदैँ सेमिफाइनलमा सेमिफाइनल पुगेको छ। च्याम्पियनसीपको समूह ‘ए’ को प्रतिस्पर्धामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा शुक्रबार भएको राउन्ड रोबिन लिको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेलेपछि नेपाल समूह विजेताका रूपमा अन्तिम ४ मा स्थान बनाउन…
कवि डा विक्रम तिमिल्सिना बालेन सरकारको संचार तथा सूचना प्रविधि मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा तिमिल्सिना संचार तथा सूचना प्रविधि बनेका हुन्। संचारमन्त्री डा. तिमिल्सिना २०३९ सालमा नुवाकोटको साविक चौघडा–९ तथा हालको पञ्चकन्या गाउँपालिका–१ मा जन्मेका हुन्। फागुन २१ गते भएको प्रतिनिधिसभा…
पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर-परिवारलाई महानगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। त्यसका लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता समेत भइसकेको छ। पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर-परिवारको स्वास्थ्य बीमा कार्यक्रम संचालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बीमा कार्यान्वयन कार्यविधि-२०८२, स्वास्थ्य बीमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम संचालन गर्न लागेको…
सरकारले सामाजिक सञ्जाल संचालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै हाल संचालनमा रहेका यस्ता सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए नेपालभित्र संचालनमा रोक लगाउने जानकारी दिएको हो। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३…
‘जाउँ है पोखरा’ को अभियान पूर्वी नेपालको विराटनगर पुगेको छ। अभियानअन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने ‘फेवा नवबर्ष महोत्सव’ को निम्तासमेत दिएको छ। नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान दिएको हो। पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख…
प्रदेश लोक सेवा आयोग गण्डकीले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ। समारोहका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वार्षिकोत्सव समारोहको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताए। कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म नागरिकहरु खुशी हुन सक्दैनन्।…