समाचार »

जवलाखेल युथ क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

जावलाखेल युथ क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार मनाङलाई सडन डेथमा ७–६ गोलले हराउँदै जावलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालमा निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलियो। पेनाल्टीमा मनाङमाथि जावलाखेलले बाजि मार्‍यो। खेलमा सुरुवाती अग्रता जावलाखेलले बनाएको थियो। खेलको ५५ औं मिनेटमा हिसुब…

सोसल मिडियाको दुरुपयोग भइरहेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्। वीरगञ्जमा जारी प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोसल मिडियाको दुरुपयोग बढेको बताएका हुन्। ‘अहिले तपाईं हामीले देखेका छौ’, सोसल मिडियाबाट सकारात्मक सन्देशहरु प्रवाह हुन सक्छन, नकारात्मक सन्देशहरु पनि प्रवाह भइरहेका छन्’ उनले भने, ‘अहिले मुख्य रुपमा सोसल मिडियाको…

विभागीय आर्मी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबले २३ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आइतबार सम्पन्न दोश्रो क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो। आर्मीको जितका लागि दिनेश हेमजनले २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे। ४५ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले…

थ्री स्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लबले पोखरामा जारी २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको अन्तिम ४ मा स्थान बनाएको हो। शनिबार भएको खेलमा अतिरिक्त समयमा पारो एफसीलाई २–० गोल गर्दै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा निर्धारित…

टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका…

विभागीय नेपाल पुलिस आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। शुक्रबार भएको खेलमा पुलिसले अर्को विभागीय एपीएफलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालमा भएको खेलमा पुलिसलाई जित दिलाउन मानबहादुर परियारले २ गोल गरे। खेलको १९ औं मिनेटमा मानबहादुरले गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० गोलको…

मिडिया विधेयक मिडियामैत्री आउँछ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट ल्याउन लागेको मिडिया विधेयक मिडियामैत्री आउने उल्लेख गरेका छन्। पोखरामा शुक्रबार कास्कीका पत्रकारहरुलाई सम्मान गर्दै सबै यस्तो बताएका हुन्। ‘गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउँछ’, मुख्यमन्त्री पाण्डेले जोड दिए, ‘प्रदेश सरकारले मिडिया विधेयक यही हिँउदे अधिवेशनमा ल्याउँदैछ।’ उनले पत्रकारिता क्षेत्रलाई जम्मेवार र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए। सामाजिक…

कास्कीका ७ पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्। शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्। गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८०…

टिकटकले भेटाइदियो जुम्ल्याहा दिदीबहिनी एमी र एनीलाई

जर्जियामा एमी र एनी जुम्ल्याहा दिदीबहिनी हुन्। जन्मलगत्तै आमाबाट खोसेर कसैले दुवैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए। गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका थिए। त्यसैमा उनीहरू पनि बेचिएका थिए। जबकि, उनीहरू आफ्नो वास्तविक आमासँग छैनन्। उनीहरूलाई एक आपसमा थाहा समेत थिएन, आफूजस्तै अनुहार भएको अर्काे कोही छ भन्ने। दिदी बहिनीको भेट वर्षौपछि टिभी ट्यालेन्ट…

नेपाल आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटको ’सुपर सिक्स’ मा पुग्यो

नेपाल आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटको ’सुपर सिक्स’ मा पुगेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो। अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायो। नेपालका कप्तान देव खनालले अर्धशतक बनाए। देव ८९ बलमा ५८ रन बनाएर आउट भए।…