समाचार »

टी–२० विश्वकप: नेपाल इटालीसँग १० विकेटले पराजित

१० औँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। टी–२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेट्टायो। इटालीका एन्थोनी मोस्काले सर्वाधिक ६२ रन बनाए। जस्टिन मोस्काले ६० रन थपे। एन्थोनी…

निर्वाचन रिपोर्टिङसम्बन्धी तालिम सकियो

निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु तालिम सकिएको हो। गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले तालिमको समापन गर्दै निर्वाचन लोकतन्त्रको उत्सब भएको बताउँदै पत्रकारले निर्वाचनका बेला सवेदनशील भएर निष्पक्ष समाचार जनतामाझ पस्कनुपर्नेमा जोड दिइन्। भण्डारीले निर्वाचन स्वच्छ, शान्त…

जावलाखेल युथ क्लब आहा ! रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

जावलाखेल युथ क्लबले पोखरामा जारी २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले क्वाटरफाइनलमा यात्रा पक्का गरेको हो। जावलाखेलको जीतमा निकोलस ओडेन ह्यामिन्टन र बुबाकार सिसोखोले गोल गरे। ओडेन ह्यामिन्टन खेलको ५४ औं…

काभा महिला भलिबलमा नेपाल पुलिसलाई कास्य पदक

काभा महिला भलिबल लिग च्याम्पियनसीपमा नेपाल पुलिसले कास्य पदक जितेको छ। नेपाल पुलिसले काभा महिला भलिबल लिगमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको हो। माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा मंगलबार सम्पन्न तेस्रो स्थानको खेलमा पुलिसले श्रीलंकाको हिर्दारामानी क्लबलाई ३–१ सेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो। खेलमा पहिलो सेट २५–२१ ले गुमाएको…

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङसम्बन्धी तालिम

कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले एक कार्यक्रमबीच तालिमको शुभारम्भ गरे। उनले…

आयोजक सहारा क्लब आहा ! रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा

आयोजक सहारा क्लब, पोखराले आहा ! रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आज (मंगलबार) साँझ भएको उद्घाटन खेलमा आयोजक सहाराले पाहूना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागि…

नेपाल पुलिस काभा भलिबल लिगको सेमिफाइनलमा पराजित

नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा पराजित भएको छ। पुलिस आज (सोमबार) भएको सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो। तुरानसँग २५–१४,२५–१३,२५–११ ले पराजित भएपछि पुलिस उपाधि रक्षाबाट चुक्यो। माल्दिभ्सको मालेस्थित सोसल सेन्टरको इन्डोर हलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० ले हराउँदै समूह…

१० हजार बढि धावकहरु सफल पोखरा म्याराथनमा दौडदैं

२० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा १० हजार बढि धावकहरु दौडदैंछन्। म्याराथनअन्तर्गत विभिन्न विधामा १० हजार धावक दौडिने सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ यही फागुन २ गते २० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ। मञ्च अध्यक्ष दिलबहादुर गुरुङले २ फागुनमा हुने…

नेपाल पुलिस क्लब काभा महिला भलिबलको सेमिफाइनलमा

नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिग २०२६ मा प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार माल्दिभ्सको मालेमा रहेको सोसाइटी सेन्टस इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टोली हुर्रा कम्युनिटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। खेलको पहिलो सेटमा पुलिसले सुरुदेखि नै नियन्त्रण कायम गर्दै २५–१९ को जीत निकाल्यो। दोस्रो सेट…

टी–२० विश्वकप: नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इंग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। त्यस्तै, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९/३९…