समाचार »

१३ औं संस्करणको (साग) पोखराको सुखद् समापन

पोखरा । घरेलु भुमीमै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखराको पनि महिला फुटबलको फाइनसँगै सोमबार सुखद् समापन गरिएको छ । साग पोखराको समापनमा महिला फुटबलको फाइनलिस्ट भारत र नेपालको राष्ट्रिय गान गाइएको थियो । साग पोखराको समापनसँगै पोखरा स्टेडियममा आतसबाजी गरिएको थियो । साग अन्तर्गत ८ वटा खेलले स्पोर्ट्स भेन्यु पाएको पोखराको…

यस संस्करणको साग महिला फुटबलमा पनि नेपाल रजतमै समेटियो

पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ । पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो । पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै…

साग फुटबल नेपाल फाइनलमा

पोखरा । नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद सागमा लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा स्थान बनायो । दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे । अब नेपालले स्वर्ण पदकका लागि मंगलबार…

सागको भारोत्तोलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ । नेपालले कुल २० इभेन्टअन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भयो । पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६…

बिच भलिबलमा नेपालको महिलातर्फ कांस्य

पोखरा । १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो । नेपालको दुवै टिम समूह उपविजेता हु“दै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह…

आर्चरीमा नेपाललाई १ रजत सहित ३ पदक

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । आइतबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सीमित भएको हो । नेपालले…

साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कांस्यमा चित्त बुझायो । फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट…

साग ह्याण्डबलमा पहिलो पटक नेपालको मेडल टच

पोखरा । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले रजत हात पारेको हो । स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा…

नेपाल पहिलो पटक साग ह्याण्डबलको फाइनलमा

पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । पोखरा रंंगशालाको कभर्डहलमा शनिबार भएको महिलातर्फको दोस्रो प्रतिस्पर्धात्मक सेमिफाइनलमा पाकिस्तानमाथि २२–२१ को झिनो गोल अन्तरले नेपालको महिला टोली पहिलो पटक फाइनल पुगेको हो । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसँग फाइनल खेल्नेछ ।…

सागको भारोत्तोलनमा नेपाललाई थप २ रजत, ४ कास्य

पोखरा । १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । योसँगै जारी संस्करणमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ । रोचक के छ भने, पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान…