समाचार »

पोखरा महिला हाफ म्याराथनको उपाधिमा राजपुराको ह्याट्रिक

विभागीय नेपाल पुलिसकी राजपुरा पछाईले पोखरामा भएको १७ औं संस्करणको महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्। महिलातर्फको हाफ म्याराथनको उपाधि उचाल्दै राजपुराले योसँगै पोखरामा ह्याट्रिकसमेत गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने राजपुरा पहिलो धाविका समेत बनिन्। राजपुराले २१ किमीको निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा…

पोखरा म्याराथन: लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन

लमजुङका रामजी बस्नेतले १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। रामजीले आज (शनिबार) विहान पोखरामा भएको म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाको उपाधि जितेका हुन्। उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पूरा गरे। उपाधिसँगै बस्नेतले नगद ५० हजार राशी हात पारे। गोखराका निरज भट्ट क्षत्री दोस्रो बन्दै नगद ३० हजार पुरस्कार पाए। उनले…

आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन

विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्। पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्। आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। नेपाल पुलिसकी धाविका बृष्मा कुमालले…

सञ्जयले जिते १० किलोमिटर पुरुषको पोखरा म्याराथन

नेपाली सेनाका सञ्जय श्रेष्ठले पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फको दौड जितेका छन्। कास्कीमा सुरु भएको १७ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी हुन् । श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाए। उनले ३० हजार नगद पुरस्कार जिते। त्यस्तै, नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो बन्दै नगद…

नारायणीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितिन्

छोरेपाटन माविकी नारायणी भण्डारीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितेकी छिन्। ५ किलोमिटर छात्रातर्फको दौडमा नारायणी प्रथम भएकी हुन्। त्यसैगरी, इन्द्र राज्यलक्ष्मी माविकी आइतीमाया घले दोश्रो बनिन्। इन्द्र राज्यलक्ष्मी माविकै मेनुका अधिकारी तेश्रो भइन्। बागलुङको श्री रेसा नुनथला माविका बादल कार्कीले छात्रतर्फको ५ किलोमिटर दौड जिते। छोरेपाटन माविका तेन्जोन रोका दोश्रो भए।…

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको झलक (फोटोफिचर)

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ। नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिबार) विहान ६ बजे १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको हो। म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ। यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु छन्। महिलातर्फको हाफ म्याराथनमा ३५ जना बढिको सहभागिता…

गण्डकी प्रदेशको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार मनमायालाई

गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ। प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १ जनालाई सर्वोत्कृष्ट, ३ जनालाई उत्कृष्ट र ६ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ। १ लाख रुपैयाँको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा…

पोखरामा महाशिवरात्रि विश्व संगीत महोत्सव सुरु

पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ। नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्। ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड,…

नेकपा एस कुनै पार्टीमा विलय हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जुनकुनै पार्टीसँग संभव भएसम्म मोर्चा बनाउने बताए। एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन नहुने उनको तर्क थियो। नेता नेपालले भने, ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको…

गण्डकीमा प्रदेशसभा सचिवको कार्यकाल लम्ब्याउने विधेयक पारित

गण्डकी प्रदेशसभा सचिवालयका सचिवको उमेर हद बढाउन गण्डकी प्रदेश सरकारले ऐन संशोधन गरेको छ। प्रदेशसभा सचिवालय ऐन २०७७ मा सचिवको अधिकतम उमेर हद ६० वर्ष तोकेको थियो। तर, गण्डकी प्रदेश सरकारले उक्त ऐन संशोधन गरेर उमेर हद ६५ वर्ष बनाउन बुधबार बसेको प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हो। कानुन मन्त्री रोशन गाहामगरले ‘केही गण्डकी…