समाचार »

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचि भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मिना गुरुङलाई १ हजार ३०९ मतान्तरले हराउँदै थापा गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थापाले ९ हजार २८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गुरुङले ७ हजार ९७१ मत…

कास्की–२ को प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई निर्वाचित

  कास्की जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेकी महिला उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलमाथि ४ हजार ५०२ मतान्तरले विजयी बनेकी हुन्। मत गणनाको अन्तिम नतिजामा भट्टराईले १६ हजार ९९८ मत ल्याएकी छिन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४९५ मत ल्याए।…

म्याग्दीको प्रदेशसभा (१) बाट माओवादीका हरिबहादुर भण्डारी निर्वाचित

म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर भण्डारी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९७५ को मतान्तरल हराउँदै भण्डारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले १२ हजार ७४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कटुवालले ११ हजार ७६५…

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ को मतान्तरले हराउँदै गर्बुजा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका गर्बुजाले २४ हजार २१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २० हजार १८९ मत…

झापा–५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरले विजयी

झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन्। अध्यक्ष ओलीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवारलाई २८ हजार ३८८ को भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। ओलीले ५१ हजार ६१९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।…

ताप्लेजुङ–१ बाट योगेश भट्टराई विजयी

ताप्लेजुङ–१ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। योगेशले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकीमाथि २०८ को झिनो मतान्तर निकाल्दै जित निकालेका हुन्। योगेशले २१ हजार ९४३ मतसहित जित हासिल गरेका हुन्। त्यस्तै, नेकपा मओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेर २०८ मत अन्तरले हार बेहोरेका…

झापा–१ बाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतान्तरसहित निर्वाचित भएका छन्। झापा जिल्ला निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि विश्वप्रकाश विजयी बनेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएका हुन्। अन्तिम मत परिणामअनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।…

कास्की–१ को प्रदेशसभा (२) बाट वेदबहादुर निर्वाचित

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट नेकपा एमाले उम्मेदवार वेदबहादुर गुरुङ निर्वाचित भएका छन्। वेदबहादुरले नेपाली काँग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ लाई ८६७ को मतान्तरले विजयी बनेका हुन्। मत गणनाको अन्तिम नतिजामा वेदबहादुरले १२ हजार ६६१ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका दीपक ‘माइला’ले ११ हजार ७९४ मत ल्याए।  …

गोरखा–१ प्रदेशसभा (२) बाट काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका न्यौपानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईमाथि ८ हजार ७६२ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा न्यौपानेले १६ हजार २६५ मत ल्याउँदा भट्टराईले ७ हजार ५३३ मत…

गोरखा–१ (१) बाट माओवादीका धिताल विजयी

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका धितालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापामाथि ५ हजार ६३५ को मतान्तरले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा धितालले १५ हजार ४५७ मत ल्याउँदा थापाले ९ हजार ८२२ मत ल्याए।