समाचार »

कास्की–३ प्रदेशसभा (२) बाट काँग्रेसका प्रकाश बराल विजयी

कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका प्रकाश बराल विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका बरालले निकटतम प्रतिद्वन्द्वी एमालेका राजीव पहारीमाथि ४६५ मतान्तरले जित हासिल गरेका हुन्। मत गणनाको अन्तिम नतिजामा बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले…

कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ‘बैरागी’ विजयी

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ विजयी भएका छन्। निर्वाचन आयोग कास्की कार्यालयका अनुसार ‘बैरागी’ ले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ लाई ५ हजार ४४५ मतान्तरले निर्वाचित बने। मत गणनाको अन्तिम नतिजामा ‘बैरागी’ले २२ हजार, ९८० मत प्राप्त गरे भने वाम…

गोरखा–२ को प्रदेहशसभा (२) बाट काँग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बसन्तकुमार गुरुङलाई ११ हजार ५१७ को भारी मतले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा पाण्डेले १६ हजार ८८७ मत ल्याए भने गुरुङले ५…

गोरखा–२ को प्रदेशसभा (१) बाट नेपाल समाजवादीका देवकोटा निर्वाचित

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा निर्वाचित भएका छन्। गोलाकारभित्र हँसिया हँथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु रानालाई ७ हजार ००२ को मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका देवकोटाले १२…

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा ‘प्रचण्ड’ विजयी

गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ‘प्रचण्ड’ ले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीमाथि १३ हजार ४६६ को फरक मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको अन्तिम नतिजामा प्रचण्डले…

लमजुङ प्रदेशसभा (२) मा काँग्रेसका भेषबहादुर पौडेल निर्वाचित

लमजुङ जिल्लाको प्रदेशसभा (२) मा काँग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई ७५० को झिनो मतान्तरले हराउँदै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा पौडेलले १९ हजार ५६० मत ल्याउँदा अधिकारीले १८ हजार ८१० मत ल्याए।          

लमजुङ प्रदेशसभा (१) बाट काँग्रेसका डा टकराज विजयी

लमजुङ जिल्लाको प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका डा टकराज गुरुङ विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका डा टकराजले नेकपा एमाले उम्मेदवार जमिन्द्रमान घलेलाई १ हजार १६९ को मतान्तरले हराएका हुन्। मतगणनाको अन्तिम नतिजामा डा टकराजले १८ हजार ५१४ मत ल्याउँदा जमिन्द्रमानले १७ हजार ३४५ मत प्राप्त गरे।          

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा विजयी

लमजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी बनेका छन्। पृथ्वीसुब्बाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १९४ को फरक मतान्तरले हराउँदै जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा पृथ्वीसुब्बाले ३४ हजार ९८५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका देव गुरुङले ३१ हजार ७९१ मत ल्याए।

पूर्वी नवलपुर–२, प्रदेशसभा (२) बाट एमालेका पाण्डे विजयी

नवलपुर (पूर्व) जिल्लाको निर्वाचन क्षेत्र नं २ को (२) बाट नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डे विजयी बनेका छन्। पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का गोपालप्रसाद खनाललाई ४ हजार ०४६ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट गण्डकी प्रदेश सभाका लागि सदस्यमा निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा पाण्डेले १८ हजार ८२२ मत ल्याएका छन् भने वाम…

पूर्वी नवलपुर–२ को प्रदेशसभा (१) बाट एमालेकी पद्मा जिसी विजयी

नवलपुर (पूर्व) जिल्लाको निर्वाचन क्षेत्र नं २ को (१) बाट नेकपा एमालेकी महिला उम्मेदवार पद्मा जिसी निर्वाचित भएकी छिन्। पद्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी) का सौगमकुमार सिरपाली वि.क.लाई ४ हजार ६३८ को फरक मतान्तरले सो क्षेत्रबाट गण्डकी प्रदेशसभाका लागि प्रतिनिधित्व गर्ने भएकी हुन्। मतगणनाको अन्तिम नतिजामा पद्माले १९ हजार ३९६ मत ल्याइन् भने सौगमकुमारले १४…