
२२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष १२ गते देखि २३ गतेसम्म हुने भएको छ। नेपालकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित आमन्त्रित आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सोबारे जानकारी गराएको हो। क्लवका महासचिव रामजीप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा…
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्याएको छ भने ३८…
नेपाली यु–१५ राष्ट्रिय फुटबल टोलीले भुटानमाथि संघर्षपूर्ण जित निकालेको छ। साफ महिला यु–१५ च्याम्पियनसीपअन्तर्गत बंगलादेशमा बुधबार सम्पन्न खेलमा नेपालले भुटानलाई १–० गोलअन्तरले हराएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा नेपाललाई जित दिलाउन सेनु परियारले निर्णायक गोल गरिन्। उनले खेलको ४९ औं मिनेटमा गरेको गोलसँगै नेपालले भुटानमाथि…
गए रातिको भूकम्पमा परी गंभीर घाइते भएका ५ जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको हो। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको छ। गए राति २…
डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति २ बजेदेखि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प रेकर्ड गरेको छ। ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ। मंगलबार २ बजेर १२ मिनेटमा…
डोटीमा गएराति ३ पटक भूकम्प गएको छ। पछिल्लोपटक डोटीमा गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७…
गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशलाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने बताएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका १६ मा मतदातासँग भेटघाट गर्दै डिजिटल गण्डकी प्रदेश निमार्ण लाग्ने बताएका हुन्। स्थानीयको समस्या बुझ्न हरेक मतदाताको घरमै पुगेका थापाले सुशासन, पारदर्शिता र भ्रष्टचारमा शून्य बनाउने लक्ष्य सहित…
नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आप्mनो उम्मेदवारी रहेको बताएकी छन् । सञ्चारिका समुह गण्डकी प्रदेशको आयोजनामा मंगलवार पोखरामा आयोजित कास्की जिल्लाका महिला उम्मेदवारसँग मंसीर ४ निर्वाचन विशेष अन्तर्गत ‘भोट पहिला, नेतृत्व महिला’ विषयक अन्तरक्रिया…
एमाले नेतृ मीना गुरुङले समृद्धि गाउँबाटै सुरु हुने बताइन्। उनले नयाँ नेपालको जग गाउँ भएको उल्लेख गरिन्। कास्की २ (२) की उम्मेदवार गुरुङले केही पूर्वाधार बनिसकेका सहरमा योजनाबद्ध विकास र ग्रामीण क्षेत्रमा पूर्वाधार र अवसर पुर्याउनुपर्नेमा जोड दिइन्। ‘समृद्धिको सपना साकार पार्न सकिन्छ’, उनले भनिन्। मंगलबार पोखरा–२० भलाममा चुनावी प्रचारमा गएकी उनले मतदातामाझ यस्तो प्रतिवद्धता…
नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन्। गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै भने, ‘युवालाई विदेश तथा सदरमुकामतर्फ जान रोक्नुपर्छ। गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्छ।’ थापाले भलाम कृषि पकेट…