समाचार »

फोटो पत्रकार संघ कास्कीमा पौडेल

नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन्। संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए। यस्तै, सदस्यहरुमा अशेष शाक्य र संजय शाक्य निर्विरोध निर्वाचित भए। ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने…

इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–२० विश्वकपको उपाधि

इङ्ल्यान्डले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो। इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेले। उनले ५२…

नेपाल र बंगलादेशमा यु–१९ महिला विश्व कप क्रिकेट हुने

नेपाल र बंगलादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज (आइतबार) सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलंका तथा सन् २०२६…

गठबन्धनका उम्मेदवारहरु भन्छन्: ‘पोखरामा सेटलाइट टाउन निर्माणको पहल गर्छौ’

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। पोखराको ग्रामीण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने उनीहरुले जनाएका छन्। यस्तै, फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका…

काहुँडाँडामा गुरु योजनासहितको विकास ल्याउँछु: थापा

गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन्। गठबन्धनबाट कास्की क्षेत्र २ (२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँडाडाँमा घर–दैलो गर्दै चुनावीसभामा उक्त कुरा बताएका हुन्। थापाले वडा नं. ११ मा काहुँडाडा निकै पिछडिएको बताउँदै यसको विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको…

११६ जनालाई निर्वाचन आयोगको कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो। आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ। आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ। शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन…

मतदानको दिन सार्वजनिक सवारी चल्दैन

मतदानको दिन सार्वजनिक सवारी चलाउन पाइँदैन। आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न नपाइने भएको हो। निर्वाचन आयोगकाअनुसार मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत…

विभागीय एपीएफ क्लब पीएम कप क्रिकेट च्याम्पियन

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। उपाधिसँगै एपीएफले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता बनेको आर्मीले ५ लाख पुरस्कार जित्यो। सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेस…

मत दिनुस्, नमुना प्रदेश दिन्छौं: विश्वप्रकाश

पाँच दलीय गठबन्धनबाट कास्की २ (१) का साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा उपत्यका नगर विकास समिति र फेवाताल जग्गा छानबिन समितिको जिम्मेवारीमा हुँदा जस्तैको नमुना काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पहिलेका जस्तै नमुना काम गर्ने मौका दिन मतदातालाई आग्रह गरे। लामिछानेले लोकतन्त्रमा निर्वाचन नै दल र नेताहरुको मुख्य परीक्षा भएको उल्लेख गरे। माओवादी केन्द्रका…

गठबन्धनका उम्मेदवार भन्छन, ‘पहिलो प्राथमिकतामा कृषि सडक’

कास्की निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उ्रम्मेदवारले पहिलो प्राथमिकतामा कृषि सडक राखिएको बताएका छन्। शनिवार विहान मतदातासँग भेट्दै उनीहरुले अधिकाशं मतदाता कृषिमा नै आत्मर्निभर भएकाले उनीहरुको आवश्यकता कृषि सडक रहेको बताए। सडक लगायत भौतिक पूर्वाधारमा काम गरिए पनि जनतालाई राहात पुग्ने गरि कृषि सडक भने नभइसकेको उनीहरुले बताएका थिए। आगामी दिनमा कृषि…