
विभागीय आर्मीलाई सोझो ३ सेटमा हराउँदै हेल्प नेपालले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई सिधै ३–० सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बन्यो। हेल्प नेपाल स्पोट्र्स क्लबको एनभीए भलिबलमा यो लगातार जीत हो। हेल्प नेपालले पहिलो, दोस्रो र…
न्यु डायमण्ड एकेडेमीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले उपाधि जितेको हो। दर्शकले भरिएको कभर्डहलमा भएको फाइनल खेल निकै रोमाञ्चक बन्यो। फाइनलमा न्यु डायमण्डले पहिलो सेट २५–१८ ले जीत…
भारत सरकारले सामाजिक सञ्जाल प्लाटफर्म एक्सविरुद्ध ‘अश्लील र आपत्तिजनक’ सामग्री सिर्जना र प्रकाशन गरेको भन्दै ‘नोटिस’ जारी गरेको छ। भारतको सूचना प्रविधि मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ, ‘समय समयमा रिपोर्ट गरिएको छ कि तपाईंको प्लाटफर्ममा प्रसारित केही प्रकारका सामग्री शालीनता र अश्लीलतासँग सम्बन्धित नियमविपरीत छन्।’ पत्रमा अगाडि भनिएको छ, ‘विशेषगरी प्रयोगकर्ताहरूले एक्स प्लाटफर्ममा एकीकृत…
राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबीच आज (बुधबार) पत्रकार आचारसंहिता र सूचनाको हक सम्बन्धमा संयुक्त रूपमा अभिमुखीकरण गर्न सहमति भएको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोलीबीच राष्ट्रिय सूचना आयोगमा भएको छलफलका क्रममा यसरी अघि बढ्न २ बुँदे सहमति भएको हो। ‘राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबीच पत्रकार…
प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबीएन) बीच आज (बुधबार) पत्रकार आचारसंहिता, समाचार सम्प्रेषण तथा पत्रकारिताको अभ्यासमा देखिएका चुनौतीलगायतका विषयमा छलफल र अन्तरक्रिया भएको छ। पीएसबीएनको निमन्त्रणामा काउन्सिल अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोली र पप्एसबीएनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टसहितको टोलीबीच उक्त छलफल र अन्तरक्रिया भएको हो। छलफल/अन्तरक्रियाका क्रममा काउन्सिल…
अंग्रेजी नयाँ वर्ष–२०२६ को स्वागत गर्दै २७ औं संस्करणको पोखरा सडक महोत्सव सकिएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्ष आगमनपूर्व हरेक वर्ष संचालन गर्दै आएको महोत्सव भव्य सफलताका साथ सकिएको हो। यो वर्ष, सन् २०२५ बिदा भएको छ, र नयाँ वर्ष २०२६ ले सारा विश्वको आगनीमा आगमन जनाएको छ। अंग्रेजी…
१४ औं संस्करणको पोखरा महोत्सव पुस २९ गतेदेखि हुने भएको छ। सामाजिक क्षेत्रमा क्रियाशील युनाइटेड क्लबको आयोजनामा हुने यस संस्करणको महोत्सव यही पुसको २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा चल्ने आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। महोत्सवमा २ सय ५० स्टल रहने क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए। थापाका अनुसार स्टलहरु…
रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मंगलबार डुंगा दौड प्रतियोगिता गरिएको छ। प्रतियोगितामा खुला र संस्थागत गरी २ इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो। खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले पहिलो स्थान हासिल गरेका छन्। त्यसैगरी, सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले दोस्रो स्थान हासिल गरे। त्यस्तै, कुमार…
चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ। चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले ३ जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो। मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै देशका आर्थिक र व्यापारिक…
११ करोड बढिको कारोबार गर्दै २१ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सकिएको छ। यो कारोबार महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले अनुमान गरेभन्दा बढी हो। १२ दिनसम्म चलेको महोत्सव अन्तिम दिन सोमबारसम्म आइपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको आयोजकले दाबी गरेको छ। त्यसैगरी, ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका…