समाचार »

पोखराको फेवातालबाट जलकुम्भी झिकियो

पोखराको फेवातालबाट जलकुम्भी झार झिकिएको छ। तालमा जलकुम्भी फैलिएपछि सरसफाई अभियान थालिएको हो। पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान संचालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। पोखराको ३३ वटै वडाले ३३ वटै स्थानमा सरसफाइको नेतृत्व लिएका छन्। वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लब, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व, टोल विका…

नवौं राष्ट्रिय खेलकुदः ह्याण्डबल खेल सुरु

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेल सुरु भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको नेपाल सरकार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन्। मन्त्री शर्माले रेफ्रीलाई बल हस्तान्तरण गर्दै ह्याण्डबल खेलको उद्घाटन गरेका हुन्। मन्त्री शर्माले उद्घाटनमा बोल्दै स्वस्थ प्रतिस्पर्धा गर्न खेलाडीसमक्ष आग्रह गरे। खेलकुद स्वस्थ र स्वच्छ हुन्छ, खेलाडीले पनि स्वस्थ प्रतिस्पर्धामार्फत खेललाई…

नवौं राष्ट्रिय खेलकुदः वर्षाले महिला क्रिकेटको खेल प्रभावित

नवौँ राष्टिय खेलकुुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय नेपाल पुलिसले विजयी सुरुवात गरेको छ। पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो। पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो। १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो। वर्षातका कारण बाँकी खेल खेलाउन संभव नभएपछि डीएलए मेथडअनुसार पुलिस…

नवौं राष्ट्रिय खेलकुद: बागमतीलाई फेन्सिङबाट पहिलो स्वर्ण

बागमती प्रदेशलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण पदक हात लागेको छ। प्रतियोगिताअन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्। उनले व्यक्तिगत सेबरतर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन्। नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो…

नवौं राष्ट्रिय खेलकुदको ट्रफी मुख्यमन्त्री पोखरेलद्वारा सार्वजनिक

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को ट्रफी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा आज (सोमबार) सार्वजनिक गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा मानवअधिकारचोकमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री पोखरेलले ३९ वर्षपछि आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्न पाउनु गौरवको कुरा रहेको बताए। ‘राष्ट्रिय…

नवौं राष्ट्रिय खेलकुद: ह्याण्डबलका खेल आजदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्।…

पोखरा आइपुग्यो नवौं राष्ट्रिय खेलकुद ट्रफी

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ अब, ४ दिनमात्र बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउन प्रचार–प्रसारका लागि प्रतियोगिताको ट्रफी टुर गराइँदैछ। प्रतियोगितामा सहभागी ७ वटै प्रदेशमध्ये ६ प्रदेश र ३ विभागीय मुख्यालय हुँदै अन्तिममा आयोजक प्रदेश गण्डकीको राजधानी पोखरामा ट्रफी आइपुगेको छ।ट्रफीलाई आज (सोमबार) पोखरामा सार्वजनिक र महानगर परिक्रमा अर्थात ट्रफी…

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच चुनावी प्रतिस्पर्धा

मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्ता गठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो। माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको हो। प्रदेश सभातर्फ प्रदेश ‘क’ मा काँग्रेसका जिल्ला सभापति…

प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट आगामी मंसीर ४ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको डा. बाबुराम भट्टराईको सो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका हुन्। प्रचण्ड आइतबार भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुगेका थिए। उनले…

कास्कीको ३ वटै क्षेत्रमा गठबन्धन र एमालेका तर्फबाट उम्मेदवारी दर्ता

कास्कीमा गठबन्धन र एमालेकातर्फबाट ३ वटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। कास्कीको निर्वाचन क्षेत्र नं १ बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराएका छन्। सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दीपक कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ का लागि गठबन्धन तर्फबाट काँग्रेसका दीपक गुरुङ (माइला) ले…