समाचार »

नवौं राष्ट्रिय खेलकुदः भोलीदेखि ह्याण्डबल खेल सुरु हुँदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्।…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीको सहज जित

नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा बागमतीले सूदूरपश्चिम प्रदेशमाथि ८ विकेटले सहज जित हात पारेको हो। सूदूरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्न सफल बन्यो। बागमतीको जितमा कन्चन श्रेष्ठले २५…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा मधेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आइतबार सुरु उदटन खेलमा मधेशले घरेलु गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटियो। गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेट आजदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आज (आइतबार) देखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयूक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले बलिङ र राखेप सदस्य सचिव घिसिङले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरे।घरेलु गण्डकी प्रदेश…

कोजाग्रत पूर्णिमा, आज दशैंको समापन गरिदैं

आज आश्विन शुक्ल पूर्णिमाका दिन। अर्थात, दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ। प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन…

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को तयारी

पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ। संघले आउँदो मंसीरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को घोषणा गरिसकेको छ। स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना हुन लागेको हो। कोभिड–१९ का कारण २ संस्करणको मेला स्थगित भएकाले यसपटकको…

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेश टिमलाई फेन्सिङ खेल सामग्री प्रदान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ६ दिनमात्रै बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा फेन्सिङ संघ, कास्कीले गण्डकी प्रदेशको फेन्सिङ टिमका खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेशकुमार गुरुङ र संघका अध्यक्ष विजय शाईले शनिबार पोखरा रंगशालामा खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका हुन्। उनले करिब ३ लाख…

आज दसैंको टिका, उत्तम साइत ११ः५१ बजे

दुर्गापक्षको मुख्य दिन आज (बुधबार) बडादसैंमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैँ घर वा पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको…

दसैं नवरात्रको महानवमी, आज सिद्धिदात्री देवीको उपासना गरिदैं

आज (मंगलबार) आस्विन शुक्ल नवमी तिथि अर्थात महानवमी। आज नवरात्रको अन्तिम दिन अर्थात सिद्धदात्री देवीको पूजा आराधना गरिदैंछ। आजको दिन ९ दुर्गामध्ये सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको नवौं दिन आज (मंगलबार) दसैं घर तथा पूजा कोठामा ९ दुर्गामध्ये नवौं देवी सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक…

दसैं नवरात्रको महाअष्टमी, आज महागौरी देवीको पूजा गरिदैं

आज आस्विन शुक्ल अष्टमी तिथि। आजको दिनलाई दसैं नवरात्रको महाअष्टमी तिथि पनि भनिन्छ। आजको दिन ९ दुर्गामध्ये महागौरी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको आठौं दिन आज (सोमबार) दसैं घर तथा िपूजा कोठामा ९ दुर्गामध्ये आठौं देवी महागौरी भगवती दुर्गाको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा…