समाचार »

थाक खेलकुद: पुरुषतर्फ कोवाङ, महिलातर्फ टुकुचे च्याम्पियन

मुस्ताङकै पुरानो खेलकुद प्रतियोगिता थाक च्याम्पियनसीपको पुरुष भलिबलतर्फ धौलागिरी युवा क्लब कोवाङ र महिला भलिबलतर्फ नीलगिरी युवा क्लब टुकुचे च्याम्पियन बनेका छन् । शनिवार सम्पन्न फाइनलबाट कोवाङ र टुकुचे पुरुष तथा महिला भलिबल च्याम्पियन बनेका हुन्। धौलागिरी युवा क्लब कोवाङले (३–०)को सोझो सेटमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई पराजित गरेको हो। यस्तै, महिलातर्फ अन्नपूर्ण युवा क्लब…

पोखरा महानगर खेलकुदले दसैं दौड प्रतियोगिता गर्दै

पोखरा महानगर खेलकुद विकास समितिले बडा दसैंको अवसरमा पर्सि (सोमबार) दौड प्रतियोगिता आयोजना गर्दैछ। पोखरा महानगरले असोज १० गते दौड प्रतियोगिता आयोजना गर्न लागेको समितिका सदस्य सचिव सुभास खड्काले जनाएका हुन्। प्रतियोगिताअन्तर्गत १० कि.मि. महिला तथा पुरुष दौड र ५ कि.मि. छात्र/छात्रा दौंड आयोजना गरिएको सदस्य सचिव खड्काले बताए। पोखरा रंगशालाबाट सुरु हुने दौड प्रतियोगितामा…

सुजन र पुष्पाले जिते ‘वालिङ लियो मिनि म्याराथन’को उपाधि

सुजन क्षत्री र पुष्पा गुरुङले स्याङ्जाको वालिङमा भएको ‘लियो मिनि म्याराथन’को उपाधि जितेका छन्। स्याङ्जाको वालिङमा आज (शनिवार) भएको मिनि म्याराथन प्रतियोगितामा पुरुषतर्फ स्याङ्जाका सुजन क्षेत्री पहिलो हुँदै ३० हजार पुरस्कार जितेका छन्। त्यस्तै, दाङका मनोज रोकामगर दोस्रो हुँदै २० हजार र स्याङ्जाका गीरप्रसाद गुरुङ तेस्रो हुँदै १० हजार र पाल्पाका गिरमान श्रेष्ठ चौथो हुँदै…

यसपालीको दशैँमा पनि धरहरा चढ्न नपाइने भो

सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन्। दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो। केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिएका छन्। धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका…

पोखराको बगरस्थित टुँडिखेलमा च्यांग्रासहितको दसैं मेला

पोखराको बगरस्थित टुँडिखेलमा दशैं मेला हुने भएको छ। सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको हो। परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो। ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे। पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन…

२५ औं राष्ट्रिय खुल्ला पौडी प्रतियोगिता: बिकासलाई थप २ स्वर्ण

२५ औं राष्ट्रिय खुल्ला पौडी प्रतियोगितामा प्रदेश १ का बिकास कुमालले दोश्रो दिन आज (शुक्रबार) थप २ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्। नेपाल पौडी संघले आयोजना गरेको सुरु प्रतियोगितामा कुमालले हिँजो पहिलो दिन (विहीबार) को खेलमा पनि २ स्वर्ण जितेका थिए। गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखेर आयोजना गरिएको…

राष्ट्रिय खेलकुदको ट्रफी आर्मी र प्रहरीको मुख्यालयमा प्रदर्शनी

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी २ विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शन गरिएको छ। भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो। सो अवसरमा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्यत्रय नेपाल राष्ट्रिय…

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता: १० स्वर्ण पदक सहित नेपाल अग्रस्थानमा

पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जी–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप–२०२२’ अन्तर्गत १० स्वर्ण पदक सहित नेपाल अग्रस्थानमा छ। पुम्सेतर्फको इभेन्टमा २१ वटा विभिन्न समुहको प्रतिस्पर्धामा नेपालले १० स्वर्ण पदक हात पार्दै अग्र स्थानमा रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताएका छन्। पोखरामा…

पोखराका १३ मासु व्यवसायीलाई जरिवाना

पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ। पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो। नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो। पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो। समितिले दर्ता, मूल्यसूची र सरसफाई र मापदण्डको अनुगमन…

दशैं टीकाको अन्तर्राष्ट्रिय साइत कुन देशमा कति बजे ?

यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति…