समाचार »

राष्ट्रिय परीक्षा बोर्डले माग्यो धेरै कर्मचारी

राष्ट्रिय परीक्षा बोर्डले धेरै संख्यामा नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। दरखास्त दिने अन्तिम मिति भाद्र चार गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ। उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो।   हेर्नुहोस, कर्मचारी…

खेलकुद पत्रकार मञ्च गण्डकीलाई मिडिया सेन्टर संचालनको जिम्मा

पोखरा रंगशालाभित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ। एक समारोह बिच उक्त मिडिया सेन्टरको संचालन र व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको हो। मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण…

साहित्यकार खनालको निधनप्रति गण्डकी साहित्य संगमले दु:ख व्यक्त गर्‍यो

साहित्यकार एवं गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष कुलप्रसाद खनालको निधनप्रति संगमले दु:ख व्यक्त गरेको छ। संगमले आज (बिहीबार) शोक विज्ञप्ति जारी गर्दै संगमका संस्थापक अध्यक्ष एवं प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय सदस्य खनालको बुधबार भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको हो। संगमले स्व. खनालप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन्प्रति समवेदना प्रकट गरेको छ।…

वैदेशिक रोजगारीमा रहेकाहरु अब सामाजिक सुरक्षाको दायरामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन्। नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने उनको भनाई थियो।…

नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे

नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखेलाई चयन गरिएको छ। पार्टीको आज (बिहीबार) बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको सचिव भानु ढकालले जानकारी दिएका छन्। पार्टी सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको बैठकले पालिखेलाई प्रवक्तामा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो। गत मंसीरमा सम्पन्न जिल्ला अधिवेशनबाट पालिखे सदस्यमा निर्वाचित भएका थिए।  

सुनको चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्यमा आज (बिहीबार) गिरावट आएको छ। सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४…

इजरायली श्रमिकका लागि आयो भिसा

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप १ सय जनाको भिसा आएको छ। यसअघि, इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो। वैदेशिक रोजगार विभागले सूचनामार्फत १ सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर ६ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सम्पर्क गर्न आग्रह गरिएको छ।…

दुबईमामा अलपत्र परेका डिलबहादुरको उद्धार

वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन् । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा…

ट्रेड टावरले दियो आइपीओ निष्कासनका लागि सेबोनमा निवेदन

ट्रेड टावरले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन्। टावरले साढे ११ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा टावरले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्दैछ। ट्रेड टावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको…

साउनको दोस्रो हप्तामा एसइईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएको भन्दै बोर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेको थियो। एसइई परीक्षा गत वैशाख…