समाचार »

कास्कीसहित ८ जिल्लामा अनलाइनबाटै मतदाता नामावली फारम

निर्वाचन आयोगले कास्कीसहित ८ जिल्लाबाट अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाएको छ। कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ। अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा…

१९ औं एसियाडको नयाँ मिति घोषणा

१९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ। ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। यसअघि, एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते)…

सुडानको जातीय दंगामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ। सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ। सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्। ती घटनामा परी कम्तीमा पनि ६५ जनाको…

फ्रान्सको जंगलमा डढेलो : १४ हजारभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो

जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ। फ्रान्सको दक्षिण पश्चिम जंगलमा डढेलो फैलिएको छ। नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ। डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ। आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार…

फ्रेजर प्राइस पाँचौंपटक पनि विश्वकै तेज धाविका

जमैकन धाविका सेल्ली–आन फ्रेजर–प्राइस महिला १ सय मिटर दौडमा पाँचौंपटक विश्व च्याम्पियन बनेकी छन्। ३५ वर्षीय फ्रेजर–प्राइसले १०.६७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै च्याम्पियन बनेकी हुन्। दोस्रो र तेस्रो स्थानमा पनि जमैकन खेलाडी नै रहे। सेरिका ज्याक्सनले रजत र एलाइन थम्पसन हेराहले कास्य पदक जिते। फ्रेजर प्राइस एथलेटिक्सको ट्रयाकतर्फ एउटै व्यक्तिगत स्पर्धामा पाँचपटक विश्व च्याम्पियन…

साफ यु–२० लागि नेपालको अन्तिम टोली घोषणा

भारतमा हुने साफ यु–२० च्याम्पियनसीपका लागि नेपाली यु–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसीपका लागि अन्तिम टोली घोषणा गरेका हुन्। साफ यु–२० च्याम्पियनसीप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ। नेपालले साफ यु–२० च्याम्पियनसीपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७…

नेपाल टी–२० लिग : ४ वटा टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि आज (सोमवार) ४ वटा टोलीको घोषणा गरिएको छ। आउँदो असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले ४ टोलीको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टोलीमा १ नेपाली,…

एशियन शारीरिक सुगठनमा नेपालका राजुलाई कास्य

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्सअन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन्। माल्दिभ्समा आयोजना भइरहेको फिट्नेश फिजिकमा राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान हात पार्दै कास्य पदक जितेका हुन्। २४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन्। यसअघि…

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो सह–प्राध्यापकको आवेदन

कृषि तथा वन विज्ञान विश्वविद्यालयले केही सहप्राध्यापक पदका लागि आवेदन मागेको छ। रिक्त रहेका पदहरू आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। ‘यस विश्वविद्यालयमा रिक्त रहेका देहायका पदहरू आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आन्तरिकतर्फ यस विश्वविद्यालयको स्थायी सेवामा कार्यरत उपप्राध्यापकहरूमध्ये आवश्यक योग्यता र सेवा सर्त पूरा गरेका तथा…

श्वेत गंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

श्वेत गंगा हाइड्रोपावरले बुधबार साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ। योमध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका…