समाचार »

मंसिरको अन्तिम सातादेखि एन्फाको ‘ए’ डिभिजन लिग

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरको २८ गतेबाट संचालन गर्ने भएको छ । एन्फाले आगामी वर्षदेखि भने प्रत्येक लिग नोभेम्बर १ देखि संचानल गर्ने स्थायी मिति निर्धारण गरिएको समेत जनाएको छ । सिजनको लिगका लागि १४ वटा क्लबले १८/१८ जना खेलाडी दर्ता गराइसकेको समेत एन्फाले जनाएको…

नेपालले सिंगापुरमा त्रिकोणीय अन्तराष्ट्रिय टी–२० सिरिज खेल्दै

पोखरा । ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तराष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको । नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तराष्ट्रिय टी–२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताएका छन् । शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।…

सागका लागि तेक्वान्दो खेलाडी छनोट

पोखरा । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीको छनोट गरिएको छ । तेक्वान्दो संघले सागमा नेपालको प्रतिनिधित्व गर्ने ३४ खेलाडीको नाम घोषणा गरेको हो । सागमा महिला ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठ, ४९ केजीमुनि आर्मीकै युनिशा राई, ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का तथा ५७ केजीमुनि पुलिसकी नीमा गुरुङ छन्…

भदौको दोस्रो साता जुम्ला रारा अल्ट्रा म्याराथन

खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भदौको २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत, चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ । शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनबारे जानकारी दिइएको हो । कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने…

मेयर कप बास्केटबल जारी

पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा मेयर कप बास्केटल प्रतियोगिता जारी छ । प्रतियोगिता अन्तरगत मावि छात्रा, भेट्रान्स र ब्याचलर छात्रातर्फको फाइनल समिकरण पूरा भएको छ । मावि छात्रातर्फको सेमीफाइनल समिरकण पूरा भएको छ । प्रतियोगिता अन्तरगत भेट्रान्सतर्फ आयोजक कास्की बास्केटबल संघ र अमरसिंह रातो बीच उपाधिका लागि फाइनल हुनेछ । शुक्रबार भएको भेट्रान्सतर्फको पहिलो…

क्लब स्तरीय भलिबलमा एपीएफ ‘ए’ उपाधि नजिक

पोखरा । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा विभागिय सशस्त्र प्रहरी बलको टोली एपीएफको ‘ए’ ले स्थान बनाएको छ । नदीपुरस्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार भएको पहिलो सेमीफाइनल खेलबाट एपीएफको ‘ए’ टिमले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को सेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । उक्त खेलबाट…

एसीसी यू–१९ क्रिकेटमा श्रीलंकासँग नेपालको हार

पोखरा । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो । आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४…

विश्वकप छनोटमा कुवेतसँग नेपालको खराब प्रदर्शन

पोखरा । विश्वकप कप छनोट अन्तरगत दोस्रो चरणको पहिलो खेलमै नेपालले खराब प्रदर्शन गरेको छ । २०२२ मा कतारमा हुने विश्वकप कप छनोट अन्तरगत दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग नेपालले ७–० गोल अन्तरको लज्जास्पद हारलाई आत्मसाथ गरेको हो । विहीबार राती कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ७–० गोलले पराजित ग¥यो । कुवेतले पूरै खेललाई आफ्नो…

पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्रु र सर्वसाधारणमाथि ठगी

पोखरा । पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्री र सर्वसाधारणहरु ठगीको मारमा परेका छन् । ट्याक्सी चालकहरुबाट मनपर्दि भाडा उठाउने गरेको स्वयं यात्री र सर्वसाधारणबाट गुनासाहरु आएका छन् । यात्री र सर्वसाधारणको गुनासो उठेपछि गण्डकी प्रदेशको संसदमै ट्याक्सीबाट यात्री र सर्वसाधारणहरु ठगिएको विषय उठेको छ । त्यतिमात्र होइन सरोकारवालाबीच पनि छलफलहरु चलाइएका छन् । पोखरामा…

होराइजनलाई एन्फा स्याङ्जा लिग उपाधि

स्याङ्जा । स्याङ्जाको भुम्रेस्थित होराइजन क्लबले जिल्लाको क्लबस्तरीय लिग फुटबल उपाधि जितेको छ । फाइनलमा स्मृति क्लबलाई ९–१ गोलको वर्षा गराउँदै होराइजनले लिग उपाधि जितेको हो । उपाधिसँगै होराइजनले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझायो । एन्फा स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका–१३ स्थित मातृभूमी खेल मैदानमा…