समाचार »

दिपाश्री, दिपकराज, दिपेन्द्र र केकीको सेल्फी

निर्माणधीन नेपाली चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी, निर्देशक दिपेन्द्र लामा र अभिनेत्री केकी अधिकारीको सामूहिक सेल्फी तस्वीर सार्र्वजनिक भएको छ । चलचित्रको छायांकन भइरहँदा चलचित्रका निर्देशक सल्लाहकार दीपाश्री निरौलाले एउटा तस्विर सार्बजनिक गरेकी छन् । उनले आफ्नो अफिसियल सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सामूहिक सेल्फी तस्विरलाई सार्बजनिक गरेकी हुन् ।…

नेपाली चलचित्र ‘आप्पा’ को नयाँ गीत ‘अमला’ सार्वजनिक

पोखरा । दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्रको नयाँ गीत ‘अमला’ रिलिज भएको छ । गीत रिलिजसँगै सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । ‘अमला’ बोलको गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत रहेको छ । गीतमा मेलिना राई र एसडी योगीले युगल स्वर भरेका छन् । सिनेमाको सार्वजनिक गीतको…

पोखरा महानगरको बजेट : खेलकुदमा ५ करोड विनियोजन

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेको छ । महानगरले ७ अर्ब ५४ लाखको बजेट पेश गर्दा युवा तथा खेलकुदको लागि ५ करोडको बजेट छुट्याएको छ । उपमेयर मञ्जु गुरुङले मंगलबार पाँचौ नगरसभामा महानगरपालिकाको बजेट प्रस्तुत गरेकी हुन् । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण लगायत वडा नम्बर…

जोर्ज जोन सरले देखेको त्यति बेलाको पोखरा …

आधुनिक पोखराको शिक्षाका धरोहर जोर्ज जोन सर पहिलो पटक २०१३ को जेठ महिनामा काठमाण्डौदेखि हवाई जहाजबाट पोखरा आएका थिए । त्यति बेला दोस्रो विश्व युद्धमा प्रयोग भएको जहाजहरु नेपालमा चल्ने गरेको जोर्ज जोन सर सम्झन्छन् । उनी आफू पनि त्यही हवाई जहाजबाट पोखरा आएको बताउँछन् । त्यतिबेला, जहाज भाडा आइसी ५० रुपैयाँ थियो । भारतीय…

विच भलिबलमा पुरुषतर्फ आर्मी ‘ए’ को मानबहादुर र दिलकुमार, महिलातर्फ एपीएफका विनिता र नेविका च्याम्पियन

पोखरा । पोखरामा सम्पन्न छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष विच भलिबलमा विभागीय क्लबहरुले नै वर्चस्व कायम गरेका छन् । प्रतियोगिता अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । महिलातर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लब ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीले उचाले । सोमबार…

जितको खुशीमा आयोजक राष्ट्र इजिप्ट टोलीको सेलिब्रेसन

मोहम्मद सलाह प्रेरित आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को जित दर्ता गर्दै विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा इजिप्टका महमु ट्रेजेगेटले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गरेको गोल नै निर्णायक बनेको थियो । जितसँगै इजिप्ट समूह ‘ए’ मा ३ अंक जोडेको छ । जिम्बाब्वे पुछारमा छ । यो समूहमा कंगो र युगान्डा छन्…

साविक विजेता चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

लगातार दुई खेल जित्दै साविक विजेता चिली कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चिलीले एक खेल अगाडि नै अन्तिम आठमा स्थान पक्का गरेको हो । ब्राजिललमा भइरहेको प्रतियोगितामा चिलीले शनिवार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–१ ले पराजित ग¥यो । चिलीको लागि जोस फुएन्जनलिडा र एलेक्स सान्चेजले एक/एक गोल…

श्रीलंकाले इङल्यान्डलाई हरायो

श्रीलंकाले १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डलाई हराएको छ । श्रीलंकाका लासिथ मालिंगा चम्किएपछि उपाधि दाबेदारसमेत रहेको इङ्ल्याण्डलाई २० रनले पराजित गरेको हो । लिड्समा श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्याण्ड मलिंगाको धारिलो बलिङसामु निरिह बन्यो । इङ्ल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा…

बीच भलिबल फाइनल आज

पोखरा । विभागीय नेपाल पुलिसको ‘ए’ टिम पोखरामा जारी राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनल पुगेको छ । पहिलो सेमीफाइनल खेलमा पुलिसको ‘ए’ टिमले अर्को विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीको टिमलाई २१–१५ र २१ १० को सोझो सेटमा हराउँदै फाइनल पुगेको हो । उसले फाइनलमा अर्को सेमीफाइनलिस्ट पुलिसकै ‘बी’ र सशस्त्र प्रहरी बलको एपीएफको ‘ए’ बीचको…

प्रस्तावित विधेयकले नागरिकका संपूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ : संचारमन्त्री बाँस्कोटा

पोखरा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित सूचना प्रविधि विधेयकले नागरिकका सम्पूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको वताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा गठित उपसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफलमा उठेका विषयहरुको जवाफ दिंदै मन्त्री बाँस्कोटाले विधेयक राजनीतिक विचारधाराभन्दा पनि समाजका मूल्य…