
नेपाल सुपर लिगमा काठमाडौंलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको काठमाडौं रेजर्सविरुद्धको खेलमा धनगढी एफसीले ३–१ को नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। धनगढीका लागि ३ वटै गोल अहमद हिजाजीको नाममा रह्यो। नेपाल सुपर लिगको तेस्रो संस्करणको पहिलो ह्याट्रिक धनगढी एफसीका स्ट्राइकर अहमद हिजाजीले आफ्नो नाममा…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले नि:शुल्क रूपमा प्राप्त गर्ने सेवाहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले नि:शुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको हो। मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा नि:शुल्क सेवासम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि उल्लेख छ। मन्त्रालयले नागरिकलाई…
२० औं संस्करणको फेवा नव वर्ष महोत्सव–२०८२ को संपूर्ण तयारी पूरा भएको छ। होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो। संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा…
राजा फर्काउने अभियानमा लागेका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई प्रहरीले पक्राउ गरेको छ। प्रसाइँलाई प्रहरीले शुक्रबार काठमाडौं पुर्यााएको छ। उनीहरूलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्याइएको हो। प्रसाइँसहित उनका निजी अंगरक्षक दीपक खड्कासमेत प्रहरी नियन्त्रणमा छन्। उनीहरुलाई सरकारी वकिलको कार्यालय हुँदै काठमाण्डौं जिल्ला अदालतमा लगिएको थियो। उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी…
प्राडा इन्द्रप्रसाद तिवारी, गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले शुक्रबार तिवारीलाई कुलपतिमा नियुक्त गरेका हुन्। यसअघि, २१ चैतमा कुलपति सिफारिस समितिले कुलपतिका लागि तिवारीसहित प्रा. डा. विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरिएको थियो। छनोट समितिको संयोजकमा प्राडा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद्…
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ संघीय महाधिवेशन लुम्बिनीमा सुरु भएको छ। फोनिजका संघीय अध्यक्ष गजुरधन राइको अध्यक्षतामा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा संचार संगठनको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ। महाधिवेशनमा देशभरबाट ५१७ जना प्रतिनिधि तथा प्रर्यवेक्षकहरूको सहभागिता छ। ‘समृद्धिको आधार, पूर्ण समावेशीको संचार’ भन्ने मूल नारासहित भइरहेको २…
डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा बिहीबार साँझ भएको खेलमा एफसी चिवतनलाई २–१ ले हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो। खेलमा ललितपुरका लागि मणि लामा र इमोह इजेकेलले गोल गरे। चितवनका लागि भिक्टोर मानसारले गोल गरेका थिए। खेलमा अग्रता पनि ललितपुरले नै लियो। खेलको तेस्रो…
गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका १० वटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा पुगेका छन्। विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा सामान्य सैद्धान्तिक छलफल गरी दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन्। अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र मगर…
४ देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले दोस्रो जीत निकालेको छ। हङकङमा भइरहेको टी–२० श्रृंखलामा नेपालले आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जीत निकाल्न सफल भएको हो। नेपालले पहिलो खेलमा हिँजो (बुधबार) कतारलाई ८ विकेटले हराएको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले ४ अंक पुर्याएको छ। अब, नेपालले लिग चरणको अन्तिम…
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो। एनएसएल लिगमा ३ खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो। धनगढी ५ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भएपनि ऊ काठमाडौं रेजर्सभन्द गोलअन्तरमा अघि…