समाचार »

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाई

‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाई गर्न थालेको छ। ‘विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व हुन्छ’, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भने। उनले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न र व्यापारिक भवन तथा…

आहा ! रारा गोल्डकपः चर्च ब्वाइज क्वाटरफाइनलमा

चर्च ब्वाइज फुटबल क्लबले आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। न्युरोड टिम (एनआरटी) क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आहा ! रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको हो। पोखरा रंगशालामा आज (बिहीबार) भएको तेस्रो प्रि–क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो। निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेलमा ३०…

पोखरामा बेलायती अधिराजकुमार र अधिराजकुमारी

बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बुधबार पोखरा आएका छन्। नेपाली सेनाको विमानमार्फत पुगेका उनीहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए। अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने…

आहा ! रारा गोल्डकपः एपीएफलाई मच्छिन्द्रले हरायो

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औँ आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्रले विभागीय एपीएफ क्लबलाई २–० गोलले हरायो। मच्छिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफमा कडा टक्कर दिएको एपीएफको गोल गर्न सकेन। मच्छिन्द्रको जीतमा आदित्य…

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालको लगातार पाँचौं हार

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार पाँचौं हार ब्यहोरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो। नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेट्टायो। नेदरल्यान्ड्सका स्टेर कालिसले सर्वाधिक ९८ रन बनाइन्। त्यसैगरी, पेबे मोलकेनबोरले ४८ रन जोडिन्। यो खेलमा कालिस र मोलकेनबोरले…

मोतिसागर अधिकारी, प्रेस चौतारी कास्कीको पुनः अध्यक्ष

प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा पुनः मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन्। प्रेस चौतारी, कास्कीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो। यसअघि, संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गरेका हुन्। समितिको उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला) मा रोजी…

३८ युट्युब च्यानलमाथि कारबाही

प्रेस काउन्सिल नेपालले ३८ युट्युब च्यानलमाथि कारबाही गरेको छ। झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बीरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ। घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई दर्शक (भ्युअर) बढाउने उद्देश्यले…

३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना

३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन्। प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो। घटनाबारे काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। काउन्सिलका प्रवक्ता वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा धम्की/दुर्व्यवहार र पेसागत असुरक्षाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ। यस्तै, धम्की/दुर्व्यवहार ४, कुटपिट/आक्रमणका…

२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल सुरु

पोखरामा आज (मंगलबार) देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा स्थान बनाएको छ। पुलिसका उज्वल राईले खेलको…

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षसहितको राष्ट्रिय सम्मेलन गर्दै

नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दैछ। आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन तथा ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको हो। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय समितिको बैठकले यस्तो निर्णय निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।…