समाचार »

त्रिदेशीय महिला टी–२० श्रृंखलामा नेपालको लगातार चौथो हार

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार चौथो हार ब्यहोरेको छ। आज (मंगलबार) भएको खेलमा थाइल्यान्डले नेपाललाई ५ रनले हरायो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो। नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका रुबिना क्षत्रीले सर्वाधिक २६…

तनहुँको म्याग्देमा दोस्रो संस्करणको गाँउपालिका अध्यक्ष कप हुँदै

तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो संस्करणको गाँउपालिका अध्यक्ष कप-२०८१ हुने भएको छ। म्याग्दे गाउँपालिकाले ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ दोस्रो संस्करणको गाँउपालिका अध्यक्ष कप गर्न लागेको हो। अध्यक्ष कपअन्तर्गत गण्डकी प्रदेश पालिकास्तरीय इलाभेन ‘ए’ साइड नकआउट पुरुष फुटवल प्रतियोगिता गर्न लागेको हो। त्यसैगरी, जिल्ला स्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता र म्याग्दे गाँउपालिका…

३ वर्षमा १६ सय ६६ अनलाइन सूचीकृत

पछिल्लो ३ वर्षमा प्रेस काउन्सिल नेपालमा १ हजार ६ सय ६६ अनलाइन संचार माध्यम सूचीकृत भएका छन्। नयाँ खुलेका अनलाइनका सम्पादक र संचालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखिकरण दिने क्रममा सोमबार काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो। सो अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न पृष्ठभूमीबाट संचार क्षेत्रमा प्रवेश गर्नेहरुलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता…

गण्डकी प्रदेशले आफ्नो आठौँ स्थापना दिवस मनाउँदै

गण्डकी प्रदेशले भोली (मंगलबार) आफ्नो आठौँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशभर भोली (मंगलबार) सार्वजनिक बिदा दिइएको छ। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक सेवाप्रदायक निकायमा बिदा दिइएको हो। २०७४ साल माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकोले त्यसै दिनलाई आधार मानेर प्रदेशसभाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो।…

राष्ट्रिय परिचयपत्र लागू गर्दा नागरिकले कष्ट ब्यहोर्न नपरोस्

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई लिएर निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले सार्वजनिक सेवा पाउन नागरिकले कष्ट ब्यहोर्न नपर्ने गरी मात्र परिचयपत्र अनिवार्य गर्न शुक्रवार पूर्ण पाठमार्फत आदेश दिएको हो। जसमा राष्ट्रिय परिचयपत्रको अनिवार्यतालाई स्वीकारेपनि यसको अभावमा नागरिकहरू सेवा सुविधाबाट वञ्चित हुन नहुने स्पष्ट…

नेपाल मगर विद्यार्थी संघले जित्यो ऋषिङ खुल्ला कौराहा उपाधि

नेपाल मगर विद्यार्थी संघ, तनहुँले ऋषिङ खुल्ला कौराहा प्रतियोगिताको उपाधि जितेको छ। तनहुँको ऋषिङ गाउँपालिकामा आइतबार आयोजित खुल्ला कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँ प्रथम भएको हो। विजेता नेपाल मगर विद्यार्थी संघ, तनहुँले ७० हजार रुपैयाँ नगद पुरस्कार जित्यो। त्यसैगरी, दोस्रो भएको ऋषिङ यूवा विकास समाज दोस्रो बन्यो। दोस्रो भएको ऋषिङ यूवा…

विभागीय पुलिस पुरुषतर्फको टाइगर कप भलिबल च्याम्पियन

घरेलु गण्डकी प्रदेशलाई हराउँदै पुरुषतर्फ विभागीय नेपाल पुलिस क्लबले पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलको च्याम्पियन बनेको छ। पोखरामा आइतबार सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेलमा घरेलु गण्डकीलाई पुरुषतर्फको उपाधि विभागीय पुलिसले जितेको हो। पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा घरेलु गण्डकीलाई ३–१ को सेटले हराउँदै पुलिसले पुरुषतर्फको उपाधि जित्यो। पहिलो, दोस्रो र चौथो…

आयोजक टाइगर ग्रुप महिलातर्फको टाइगर कप भलिबल च्याम्पियन

विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई हराउँदै महिलातर्फ आयोजक टोली टाइगर ग्रुप टाइगर कप भलिबलको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जितेको हो। पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुप पहिलो पटक…

त्रिदेशीय महिला टी–२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो। नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्। सम्झना खड्काले २३ रन…

४ संचार माध्यमको कालोसूची फुकुवा

प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी कारबाही गरेका ४ वटा संचार माध्यमको कारबाही फुकुवा गरेको छ। दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ। काउन्सिलले आइतबार एक विज्ञप्ति जारी गर्दै टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको…