समाचार »

टाइगर कप भलिबलः पुरुषतर्फ घरेलु गण्डकी फाइनलमा पुग्यो

विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा विभागीय आर्मीलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो। पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई…

त्रिदेशीय महिला टी–२० श्रृंखलामा नेपालको लगातार दोस्रो हार

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १०२ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेट्टायो। थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले नटआउट सर्वाधिक ६० रन बनाइन्। नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्। यसअघि, टस…

टाइगर कप भलिबलः महिलातर्फ आयोजक टाइगर ग्रुप फाइनल पुग्यो

महिलातर्फको आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (शनिबार) भएको दोस्रो क्वालिफायरमा न्यु–डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइनल यात्रा तय गरेको हो। आयोजक टोलीले अब उपाधिका लागि भोलि (आइतबार) विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।…

म्याग्दीको धवलागिरी गाउँपालिकाको वडामै योजना सम्झौता

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ। वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ। गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती शिविरमार्फत योजना सम्झौता…

टाइगर कप भलिबलः आज दोस्रो क्वालिफायरका खेलहरु हुदैँ

पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज (शनिबार) दोस्रो क्वालिफायरका खेलहरु हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी यस प्रतियोगिताको आठौं दिन (शनिबार) पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ। बिहान ११ बजेबाट सुरु…

अब, बिरामीहरुको स्वास्थ्य परीक्षणसम्बन्धी सबै जानकारी एकीकृत गरिदैँ

अहिले हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ हुने गरेको छ। साथै, हाल अस्पतालहरुमा विद्युतीय प्रणाली लागु भएपनि एक-अर्काबीच तथ्यांक आदान–प्रदान गर्ने खालका छैनन्। अब, एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी सबै जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागु गर्ने निर्णय गरिएको छ। स्वास्थ्य…

टाइगर कप भलिबलः घरेलु गण्डकी दोस्रो क्वालिफायरमा पुग्यो

घरेलु गण्डकी प्रदेश भलिबल संघले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको…

टाइगर कप भलिबलः विभागीय पुलिस क्लब फाइनलमा

विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा शुक्रबार भएकोे खेलमा आर्मीलाई ३–२ ले पराजित हराउँदै पुरुषतर्फ पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो। पुलिसले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो। त्यसैगरी, दोस्रो सेटमा पुलिसले २२–२५ ले आर्मीलाई सुम्पिएको थियो। तेस्रो सेटमा भने…

टाइगर कप भलिबलः महिलातर्फ विभागीय एपीएफ फाइनलमा

विभागीय सशस्त्र प्रहरी बल, एपीएफले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। विभागीय एपीएफले आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफ फाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले…

टाइगर कप भलिबलः आज क्वालिफायर र एलिमिनेटरका खेलहरु हुँदै

पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आज (शुक्रबार) पहिलो क्वालिफायर र एलिमिनेटरका खेलहरु हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको सातौं दिन आज पुरुष र महिला दुबैतर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेलहरु हुने तालिका छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ। महिलातर्फ पहिलो…