समाचार »

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको खराब सुरुवात

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले खराब सुरुवात गरेको छ। त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएकामे खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो। नेपालकी सीता रानामगरले सर्बाधिक…

पत्रकार ईन्द्र पौडेललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार

पोखराका कृयाशील पत्रकार इन्द्र पौडेलले प्रेस चौतारी पुरस्कार पाउँदैछन्। प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं संचालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको हो। अग्रज पत्रकार गणेशमान गुरूङ प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानीत हुँदैछन्। प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते…

टाइगर कप भलिबलः गण्डकी भलिबल संघ एलिमिनेटरमा प्रवेश

पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ घरेलु गण्डकी प्रदेश भलिबल संघ एलिमिनेटरमा प्रवेश गरेको छ । घरेलु गण्डकी प्रदेश भलिबल संघले टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै एलिमिनेटरमा प्रवेश गरेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो…

टाइगर कप भलिबलः विभागीय डर्बी आर्मी र पुलिस क्वालिफायर खेल्दै

पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ विभागीय डर्बीबीच पहिलो क्वालिफायर प्रतिस्पर्धा हुने भएको छ। विभागीय सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पहिलो क्वालिफायर प्रतिस्पर्धा गर्ने भएका छन्। जित्ने समूहको अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा हराउँदै विभागीय आर्मीले पहिलो क्वालिफायरमा स्थान…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई तालिम

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सकिएको छ। खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम संचालन भएको हो। तालिममा ३७ जनाको सहभागिता रहेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। तालिममा रघुगंगा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सीप प्रदान गरेका थिए। गाउँघरमा पाइने बाँसबाट मुढा बनाउने सीप सिकाइएको…

टाइगर कप भलिबलः महिलातर्फ न्यु–डायमण्ड दोस्रो क्वालिफायरमा

नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ न्यु–डायमण्ड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटर खेलमा न्यु–डायमण्डले विभागीय नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। विभागीय पुलिसमाथि न्यु–डायमन्डले पहिलो…

‘प्रेस स्वतन्त्रता संकुचनको कुनैपनि विधेयक मान्य हुँदैन’

सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन र नियन्त्रण गर्ने कुनैपनि कानुन स्वीकार्य नहुनेतर्फ महासंघको गंभीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अगुवा…

सामाजिक सञ्जालको नियमन होइन, वाक स्वतन्त्रता हनन

प्रेस सेन्टर नेपालद्वारा सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल संचालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको प्रावधानप्रति प्रेस सेन्टर नेपालले गंभीर ध्यानाकर्षण गराएको छ। प्रेस सेन्टर नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप लगाएको छ। प्रेस सेन्टर नेपालका महासचिव…

‘शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यक छ’

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्ने औंल्याएका छन्। प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्नेमा उनले उनले जोड दिए। पोखरा–१९ तल्लाकोटस्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले यो…

टाइगर कप भलिबलः समय अभावका कारण खेल १ दिन लम्बियो

पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ २ र महिलातर्फ १ खेल हुनेछन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका २ खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछन्। पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ। उक्त खेल विभागीय नेपाल पुलिस क्लब…