
प्रेस सेन्टर नेपाल, म्याग्दीले दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा संचालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो। प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहीन बालबालिकालाई कपी, कलम वितरण गरेको हो। कार्यक्रममा प्रेस सेन्टर…
प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरी देशभर आफ्नो २१ औं स्थापना दिवस मनाएको छ। प्रेस सेन्टर नेपालले पोखरामा पनि प्रभातफेरी कार्यक्रम र स्वास्थ्य परीक्षणको आयोजना गरी स्थापना दिवस मनायो। पोखराको चिप्लेढुंगाबाट निकालिएको प्रभातफेरी पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गरिन्। २१…
प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरले पनि आफ्नो स्थापना दिवस मनाएको छ। दिवसका अवसरमा कावासोती–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा एक कार्यक्रमको आयोजना गरी खाद्यान्न सामग्री वितरण गरेको छ। स्थापना दिवसको अवसरलाई समाजसेवामा केन्द्रीत गरी प्रेस सेन्टर नेपाल, नवलपुरले खाद्यान्न वितरण कार्यक्रम संचालन गरेको हो। नवलपुर शाखा अध्यक्ष प्रितम भुजेलको नेतृत्वमा…
नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट ३ जना गैर सैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको छ। जंगी अड्डामा आज (मंगलबार) देखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट फोटो पत्रकारहरुलाई पुरस्कार प्रदान गरे। गैर सैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम भए। त्यसैगरी, प्रतिमा राजभण्डारी दोस्रो बनिन्। सरोज बैजु तेस्रो…
संचार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संघीय संसदमा पेस गरेको छ। यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेयक संसदमा पेस भएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ। यसअघि, मन्त्री परिषदको बैठकबाट सामाजिक…
सरकारले सामाजिक सञ्जालको प्रयोगमा कडा नियमन ल्याउँदैछ। नियमन ल्याउनको लागि सरकारले संसदमा नयाँ विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ। सरकारले सो विधेयक आजै संसदमा प्रस्तुत गर्ने तयारीमा छ। यो विधेयक अनुसार, सामाजिक सञ्जाल प्लेटफर्म संचालन गर्न सरकारको अनुमति लिनुपर्नेछ। अनुमति बिना प्लेटफर्म संचालन गर्दा २५ लाखदेखि १ करोड रुपैयाँसम्मको जरिबाना लाग्नेछ। विधेयकमा, प्लेटफर्मको प्रयोगकर्ता यदि…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको औंल्याएका छन्। मन्त्रालयमा आज (आइतबार) आयोजित ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले स्पष्ट पारे, ‘सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठुलो फड्को मारिसक्दा पनि हामी पुरानै कानुनमा अल्झिँदा मुलुकको समृद्धि र सुशासन कायम गर्न सकिएन। पुराना ऐन र…
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट रबि लामिछाने १ करोड धरौटीमा छुटेका छन्। रुपन्देही अनालतमा आज (आइतबार) थुनछेक बहस सकिएपछि रबि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो। १ करोड रुपैयाँको बैंक ग्यारेन्टछीपछि लामिछाने रिहा भएका छन्। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत…
पूर्ण वि.के. राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन्। राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुरमा हालै सम्पन्न प्रथम अधिवेशनले वि.के. लाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा पुर्ण वि. के. (तनहुँ) लाई सर्वसम्वत चयन गरेको हो। सम्पन्न अधिवेशनले गण्डकी प्रदेशको सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी संघमा समावेशी कार्यसमिति बनाएको छ। त्यसैगरी, प्रदेश…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टाइगर ग्रुपको टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा (आइतबार) बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। आयोजक टोलीले आर्मीमाथि पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र…