
पोखरामा फोटोहरुलाई प्रदर्शनीमा राखिएको छ। फोटो पत्रकारिता दिवस-२०८३ को सन्दर्भमा फोटो पत्रकार संघ, कास्कीले आइतबार फोटोहरुलाई प्रदर्शनीमा राखेको हो। नदिपुरस्थित कोर्टयार्डको प्राङ्गणमा फोटो प्रदर्शनी राखिएको हो। कास्कीका फोटो पत्रकारहरुले कैद गरेका १०० फोटोहरु प्रदर्शनीमा राखिएको छ। तीन दशकअघि नेपालमा २०६२ देखि ०७२ र ०८२ मा खिचिएका फोटोहरुलाई प्रदर्शनीमा राखिएको हो। २०६२/०६३ को जनआन्दोल, २०७२ को…
नेपाल सरकारले सरकारी विज्ञापन सरकारी संचारमाध्यमलाई मात्र दिनेगरी गरेको विभेदकारी निर्णय र परिपत्रविरुद्ध नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रधानमन्त्री तथा नेपाल सरकारलाई ज्ञापन-पत्र बुझाएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित देशव्यापी दबाबमूलक कार्यक्रमअन्तर्गत महासंघ कास्की शाखाले कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको हो। गम्भीर विषयमा सरोकारवाला पक्षसँग परापर्श नै नगरी लिइएको सरकारको आपत्तिजनक…
ओमानसँगको एकदिवसीय श्रृंखलाको पहिलो खेल मा नेपालको ‘ए’ टोली ७० रनले पराजित भएको छ। ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४४ ओभर ४ बलमा २१० रन बनाउँदा सबै विकेट गुमायो। नेपाल ‘ए’ का ईशान पाण्डेले सर्वाधिक ५२ रन बनाए। कप्तान अनिलकुमार साहले ५० रन थपे। ओमानका सकील अहमद र हसनैन अली शाहले…
आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत निकालेको छ। रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालकी सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन्। रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन्। यसअघि, रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९…
संचार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयद्वारा आज (बुधबार) जारी प्रेस विज्ञप्तिअनुसार यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत…
नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले सरकारी विज्ञापन सम्बन्धमा सरकारले जारी गरेको परिपत्रविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तीन तहकै सरकारी विज्ञापन सरकारी संचार माध्यमहरुलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको विभेदकारी निर्णय र जारी…
नेपालले युएईलाई टी-२० आई श्रृंखलाको दोस्रो खेलमा ८ विकेटले हराएको छ। योसँगै नेपाल र युएईबीचको २ खेलको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको छ। मंगलबार भएको दोस्रो खेलमा कुशल भुर्तेल र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रह्यो। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन दिएर ३ विकेट लिए। सन्दीपले २ खेलमा गरी ६ विकेट…
पत्रकार महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेश सरकारलाई ज्ञापन-पत्र बुझाएको छ। मिति २०८२ चैत १८ गते नेपाल सरकारद्वारा पठाएको परिपत्रअनुसार सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र दिने गरेको निर्णयको विरोधमा महासंघ गण्डकीले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापन-पत्र बुझाएको हो। साथै, गण्डकी प्रदेश सरकारले विगतदेखिनै समानुपातिक रुपमा वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनसमेत रोकिएकाले सोको विरोध गर्दै…
पहिलो टी-२० मा नेपाल युएईसँग पराजित भएको छ। युएईविरुद्धको पहिलो टी-२० खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै हार बेहोर्यो। कीर्तिपुरको त्रिवि रंगशालामा सोमबार भएको अन्डर लाइट्स खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित बन्यो। वर्षाका कारण खेल छोट्याएर १० ओभरमा झारिएपछि युएईले डकवर्थ-लुइस विधिअनुसार ७८ रनको लक्ष्य पाएको थियो। जुन लक्षलाई उसले ८.५ ओभरमा ४ विकेट गुमाउँदै…
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँ बन्दीपुरमा ‘गाउँ पर्यटन मेला-२०८३’ हुने भएको छ। गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला-२०८३’ आयोजना गर्न लागेको हो। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह-आयोजनामा…