समाचार »

न्यू ईयर इभमा पोखराको ‘स्ट्रीट फेस्टिवल’ कै मेन स्टेजमा ‘द इण्ड गेम’ प्रस्तुति

पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन ५ जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन्। ‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्क (कोमागानेपार्क) मा डिसेम्बर ३१ अर्थात् पुसको १६ गते साँझ कार्यक्रम हुन लागेको हो। प्रचार नेपाल र स्पेक्स–१४…

पोखरा सडक महोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ को दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन्। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा शनिबारदेखि सुरु भएको  महोत्सवमा भएको वेटर रेसतर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम बने। त्यसैगरी, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो भए। चिल्ली बारका अविश्यक सेन तेसो भए। वेट्रेस रेसतर्फ व्यन्जन…

पोखराको फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

पोखरामा आज (आइतबार) देखि दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ। नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी हुँदैछन्। प्रतियोगिता…

तनहुँको भानु नगरपालिकाले पनि राष्ट्रिय परिचयपत्र वितरण थाल्यो

तनहुँको भानु नगरपालिकाले पनि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ। नगरपालिकाले नगरवासीको सहजताको लागि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको जनाएको छ। नगरपालिकाले सबै वडाहरूमा पालैपालो राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो। यसअघि नै तनहुँका अन्य नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेपनि भानु नगरपालिकाले भने यो काम गर्न बाँकी थियो। भानु नगरपालिकाका प्रमुख आनन्दराज…

माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनल समीकरण पूरा

पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको शनिबार विभिन्न उमेरसमूह अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्। शनिबार मेन्स सिंगलतर्फ नेहाल जंगबहादुर थापाले ओजेन महर्जनलाई ६–०, ६–० ले हराउँदै क्वाटरफाइलमा स्थान बनायो। राजबीर प्रधानले शक्ति शर्मालाई ६–०, ६–० ले पराजित गर्दै…

पोखरामा २६ औं संसकरणको पोखरा सडक महोत्सव सुरु

पोखराको फेवाताल किनारमा २६ औं संस्करणको पोखरा सडक महोत्सव आज (शनिबार) देखि सुरु भएको छ। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको आयोजनामा वर्षेनी हुँदै आएको सडक महोत्सव यस वर्षपनि अंग्रेजी नयाँ वर्ष २०२५ को संघारमा सुरु भएको हो। पोखराको लेकसाइडस्थित कोमागानेपार्कमा विशेष समारोहबीच नेपाल सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।…

तनहुँको बन्दीपुरमा बृहत् सरसफाई कार्यक्रम

तनहुँको बन्दीपुरमा बृहत् सरसफाई गरिएको छ। ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई लक्षित गरी सफा र सुन्दर बन्दीपुर अभियान कार्यक्रम अन्तर्गत आज (शनिबार) सरसफाई गरिएको हो। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१, पिप्ले गेटबाट ४ किलोमिटर माथितर्फ प्युघरसम्म सरसफाई गरिएको छ। त्यसैगरी, बन्दीपुर बजारबाट ४ किलोमिटर तल प्युघरसम्म २ टोलीमार्फत सरसफाई गरिएको हो। ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सरसफाई उपसमितिका…

कास्कीको माछापुच्छ्रे–१ देउपुजेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको छ। स्वीट्जरल्याण्डका एहमान स्टिफटङको ५ करोड रुपैयाँको आर्थिक सहयोगमा सो ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको हो। सो दिवा सेवाकेन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा ४ रोपनी जग्गा प्रदान…

कास्कीको माछापुच्छ्रे–१, देउपुजेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ। स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको हो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गरेका हुन्। दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा…

गोरखाका बोगटीले जिते रोट¥याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि

गोरखा सिरानचोकका दिनेशसिंह बोगटीले रोटर्‍याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि जितेका छन्। रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सह–सचिव स्व. रोटरियन सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२ औ संस्करणको खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो। तनहुँको सदरमुकाम दमौलीस्थित अनसनचोकदेखि छाब्दीबाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन्।…