
बागलुङ जिल्लाका स्थानीय पालिकाहरुमा ‘वडा सदस्य मञ्च’ गठनमा तीब्रता लिएको छ। बागलुङ जिल्लाको गृहपालिका बागलुङ नगरपालिकाबाट सुरु गरिएको वडा सदस्यहरुको मञ्च गठनको कार्य अहिले जिल्लाको अन्य पालिकाहरुमा पनि पहल थालिएको छ। जिल्लाका स्थानीय तहहरुमा वडा सदस्य मञ्च गठन प्रकृयाले गति लिन थालेको हो। गत वर्ष बागलुङ नगरपालिकाका वडा सदस्यहरुको भेलाले मञ्च गठन गरेको थियो। मञ्चले…
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा पहिलो संशोधन अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुख भट्टलेले आज (शुक्रबार) प्रमाणीकरण गरेका हुन्। नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालय…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घर–आँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन्। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज (शुक्रबार) आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उनले भने, ‘अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्दैन।’ नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधनको परिचालन गरेर काम गर्दा सबैतिर एकै पटक…
पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको देस्रो दिन (शुक्रबार) ४५ वर्षमाथिको मेन्स सिंगलको प्रतिस्पर्धात्मक खेलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे। सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको बयान सकिएको छ। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान २ दिन चल्यो। पोखराको सूर्यदर्शन सहकारीका सन्दर्भमा २ दिन लगाएर लिएको रविको बयान आज (शुक्रबार) सकिएको हो। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लाछिानेको वयान जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लिइएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगी…
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ। यही पुस १२ गतेदेखि माघ १२ गतेभित्र फारम भरिसक्न कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी एसईईको आवेदन फारम भर्न आग्रह गरेको हो। कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ। फारमका लागि प्रति…
सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समिति सदस्यमा संचारविज्ञ अनिता गुरुङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव गौरव गिरी नियुक्त भएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण ऐनको दफा ८ बमोजिम संचारविज्ञको रुपमा गुरुङ र मन्त्रालयको प्रतिनिधिको रुपमा गिरीलाई नियुक्त गरेका हुन्। नवनियुक्त सदस्यहरूलाई सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी) का कार्यकारी…
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवाबाट प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित गरेर अगाडि बढ्नु आवश्यक रहेको औंल्याएका छन्। ‘सार्वजनिक सेवा प्रसारणमा समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता’ विषयक एकदिने कार्यशालाको आज (शुक्रबार) सिंहदरबारमा उद्घाटन गर्दै अध्यक्ष डा. बिष्टले भने, ‘पीएसबीको समाचारको प्राथमिकता निर्धारण दृष्टिकोण परिवर्तन गर्न कार्यशाला महत्वपूर्ण हुनेछ।’ डा. बिष्टले…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्षभित्र नेपालको सबै घर–घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुग्नेगरी काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। नेपाल दूरसंचार प्राधिकरणले आज (शुक्रबार) पोखरामा आयोजना गरेको प्राधिकरणबाट गण्डकी प्रदेशमा दूरसंचार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना, दूरसंचार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसंचार सेवा प्रदायक र सरोकारवालाहरूको एक दिवसीय…
म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएको छ। अधुरा आयोजनाको निमाृण कार्य पूरा गर्न गाउँपालिकाले थप ४ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाको केन्द्र मुनामा आज (बुधबार) सम्पन्न २३ औँ गाउँसभा (हिउँदे अधिवेशन) ले ४ करोड २१ लाख बजेट विनियोजन गरेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले गत आर्थिक वर्षमा खर्च…