पोखरा उपत्यका »

जेठ १८ गते शनिबार रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना…

पोखरा महानगरपालिकाको वडा नं २५ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना वडा घोषणा गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच वडा सचिव ईश्वरी पोख्रेलले वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङ्क अनुसार १६० जना बालबालिका रहेको र उनीहरुलाई पूर्णरुपमा खोप लगाइएको बताइन् ।…

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पोखरा । नेपाल अपाङ्ग समाज सेवा संघद्धारा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई शैैक्षिक सामग्री वितरण गरेको छ । पोखरा–९, शान्ति बन बाटिकास्थित संघको कार्यलय परिसरमा आयोजित कार्यक्रममा झोला, विद्यालय पोशाक, कपी, कलमलगायतको शैक्षिक सामग्री वितरण गरेको हो । प्रमुख अतिथि पोखरा–९ का वडा अध्यक्ष रामराज लामिछानेले अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरे । अपाङ्गता…

पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा संचालन

पोखरा । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा संचालन गरिएको छ । विश्वशान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृउद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमवार साँझ एक घण्टा संचालन गरिने भएको हो । तीन जना गुरुद्धारा शुद्ध गाईको ध्यू, कपुर, ज्योतीलगायतका पूजा सामाग्रीको माध्यमबाट गरिने…

पत्रकार ऋषि बराललाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान

पोखरा । पत्रकार ऋषि बराललाई यस वर्षको टंकादेवी–तुलसीप्रसाद पत्रकारिता स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, कास्कीले संचालन गरेको उक्त पुरस्कार पोखरामा मंगलबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पत्रकार बराललाई प्रदान गरेका हुन् । प्रमुख अतिथिसमेत रहेका जिसीले बराललाई दोसल्ला ओढाएर ताम्रपत्रसहित नगद २५ हजार १…

नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता क्षेत्रको सुदृढिकरण

पोखरा । नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता जगतमा सुदृढिकरणको आवश्यकता रहेको पोखराका पत्रकारहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार पत्रकार महासंघ कास्कीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था: हाम्रो अधिकार र जिम्मेवारी’ बिषयक अन्तक्रियामा बोल्दै पत्रकारहरुले उक्त कुरामा जोड दिएका हुन् । पत्रकारहरुकै सहयोगमा अर्को कुनै पत्रकारलाई राज्यले अंकुश लगाएर…

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर’ को नारासहित पोखरामा पत्रकारहरुको एक्यबद्धता प्रदर्शन

पोखरा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर भन्दै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पोखरामा बुधबार एक्यबद्धता ¥याली निकाल्यो । प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई सरकारले अंकुश लगाउत खोजेको भन्दै त्यसको विरोधमा पत्रकार महासंघ केन्द्रको आब्हनमा देशैभर एक्यबता ¥याली निकालिएको हो । पोखराको चिप्लेढुंगादेखि न्युरोड हुँदै सभागृहसम्म निस्केको ¥यालीलाई मानव अधिकार तथा नागरिक संघ…

पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्कको निर्माण शुरु

पोखरा । पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्कको निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको हो । दुवै सरकारको ५०/५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । ४ करोड लागतमध्ये चालू बर्षमा १ करोड रुपैयाँ…

पोखराको हेमजामा जारी आलु महोत्सवमा १८ लाख भन्दा बढि आलुको कारोबार

हेमजा/पोखरा । हेमजामा जारी दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा शनिबारसम्म कूल १८ लाख ५० हजार मूल्य बराबरको आलुको कारोवर भएको आयोजकले बताएको छ । ‘सुन्दर ठाउँ, हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन भएको दशौैं राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २२ गतेदेखि विष्णुपादुका खेल मैदानमा शुरु भएको हो ।…

पोखरा जेसीजको ४५ औं वार्षिकोत्सव मनाइयो

पोखरा । पोखरा जेसीजले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ । नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै ४० वर्ष नकाटेका सक्षम युवाहरुको यस गौरवलायक संस्थालाई अग्रजहरुले देखाएको बाटोमा अघि बढाउन सुझाव दिए । उपाध्यक्ष सापकोटाले समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन…