पोखरा उपत्यका »

पोखरा महानगर काँग्रेस पक्षधर वडाध्यक्षहरुले च्यातिदिए ‘रातो किताव’

पोखरा । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा मनोमानी गरेको र आफूहरुका कुरा नसुनेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको ‘रातो किताब’ नै च्यातेका छन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आफूहरले प्रस्ताव गरेका योजना नसमेटिएको विरोधमा रातो किताब च्यातिदिएका हुन् । बजेटमा काँग्रेसले जितेका वडाहरुमा विभेद गरिएको उनीहरुको जिकीर रहेको छ । कांग्रेसवाट निर्वाचित वडाध्यक्षहरुको बिरोधका कारण…

पोखरा महानगरपालिकाको बजेट बहुमतबाट पारित

पोखरा । पोखरा महागनरपालिकको ०७६/ ७७ को बजेट पारित भएको छ । प्रतिपक्षी दल कांग्रेसका निर्वाचित प्रतिनिधिहरुको विरोधका बावजुद पनि पाँचौ नगरसभाबाट बजेट पारित भएको घोषणा गरिएको हो । महानगरले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को लागि ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो । पोखरा महानगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बहुमत रहेको…

पोखरा महानगरद्वारा ७ अर्व ५४ लाखकाे बजेट सार्वजनिक (पूर्ण पाठ)

पोखरा । पोखरा महानगरले आर्थिक वर्ष ०७६/७७ का लागि ७ अर्ब ५४ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको भन्दा १ अर्बले बढी बजेट ल्याएको हो । महानगरले गत वर्ष ६ अर्ब १७ करोडको बजेट ल्याएको थियो । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । महानगरसँग ग्रामिण भेग जोड्ने कनेक्टिङ रोडलाई मुख्य योजनासहितको…

पोखरा महानगरको बजेट : खेलकुदमा ५ करोड विनियोजन

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेको छ । महानगरले ७ अर्ब ५४ लाखको बजेट पेश गर्दा युवा तथा खेलकुदको लागि ५ करोडको बजेट छुट्याएको छ । उपमेयर मञ्जु गुरुङले मंगलबार पाँचौ नगरसभामा महानगरपालिकाको बजेट प्रस्तुत गरेकी हुन् । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण लगायत वडा नम्बर…

जोर्ज जोन सरले देखेको त्यति बेलाको पोखरा …

आधुनिक पोखराको शिक्षाका धरोहर जोर्ज जोन सर पहिलो पटक २०१३ को जेठ महिनामा काठमाण्डौदेखि हवाई जहाजबाट पोखरा आएका थिए । त्यति बेला दोस्रो विश्व युद्धमा प्रयोग भएको जहाजहरु नेपालमा चल्ने गरेको जोर्ज जोन सर सम्झन्छन् । उनी आफू पनि त्यही हवाई जहाजबाट पोखरा आएको बताउँछन् । त्यतिबेला, जहाज भाडा आइसी ५० रुपैयाँ थियो । भारतीय…

पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधरणको लागि खुल्ला हुन्छ : प्रचण्ड

पोखरा । पुर्व प्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताएका छन् । पोखरामा पर्यटन ब्यबसायीहरु संगको भेटमा अध्यक्ष प्रचण्डले रत्न मन्दिर र हिमागृहलाई खुल्ला गरिने बताएका हुन् । ब्यवसायीहरुले गणतन्त्रपछि दरबार संग्रालय भइसकेको अबस्थामा पनि पोखरामा रहेको रत्नमन्दिर र हिमागृह खुल्न नसकेको गुनासो गरेका थिए…

पोखरा लेडी जेसीजको वार्षिकोत्सवमा जेठको ३१ देखि जेसीज सप्ताह

पोखरा । जेठको ३१ गतेदेखि जेसीज सप्ताह हुने भएको छ । ‘सामाजिक उत्तरदायत्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’ भन्ने मूल नारासहित पोखरा लेडी जेसीज–२०१९ को कार्ययोजनामा सप्ताह मनाउन गएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत विकास क्षेत्र, अन्तराष्ट्रिय विकास क्षेत्र र सामुदायिक विकास क्षेत्रलाई आफ्नो कार्ययोजनामा समेटिएको पोखरा…

पोखरामा खानेपानी शुद्धिकरण योजना : खानेपानी मन्त्री मगरले योजनाको उद्घाटन गरिन्

पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले मंगलबार एक कार्यक्रमबीच शुद्धिकरण योजनाको शुभारम्भ गरिन् । पोखरामा बर्षातको समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो । खानेपानी शुद्धिकरण परियोजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१…

छुवाछुतविरुद्धको महाकाली–मेची पदयात्राका अभियन्ता होमराजलाई मिजार समाजको सम्मान

पोखरा । छुवाछुतविरुद्धको महाकाली–मेची पदयात्राका अभियन्ता होमराज आचार्यलाई पोखरामा सम्मान गरिएको छ । मिजार समाज नेपाल कास्कीले एक कार्यक्रमबीच आचार्यलाई सम्मान गरेको हो । आचार्यले जातीय विभेद र छुवाछुत प्रथा समाजमा अहिलेपनि विद्यमान रहेको चर्चा गरे । संविधानमा दलितका अधिकारलाई प्रत्याभूत गरेपनि अप्रत्यक्ष रुपमा राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक ढंगका जातीय विद्यमान रहेको उल्लेख गरे…

सगरमाथाको उचाई मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

पोखरा । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाई मापन गरेर फर्किएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन…