खेलकुद »

विभागीय पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कप पुरुषतर्फको उपाधि

गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपको पुरुषतर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसीपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जित्यो। पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका ३ सेटमा पुनरामगन जीत निकाल्यो। गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र…

विभागीय पुलिसलाई हराउँदै न्यु डायमण्डले जित्यो टाइगर कप महिलातर्फको उपाधि

न्यु डायमण्ड स्पोर्टस क्लबले छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीप महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्यो। न्यु डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो…

टाइगर कप: विभागीय डर्बीमा आर्मीको रोमाञ्चक जीत

विभागीय त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा रोमाञ्चक जीत निकोलेका छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत विहीबारको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जीत निकाल्यो। पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई…

टाइगर कप: महिलातर्फ पाहूना टोली थाइल्याण्ड क्वीन्स तेस्रो

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ पाहूना टोली थाइल्याण्ड क्वीन्स तेस्रो बनेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसीपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले विभागीय एपीएफलाई ३–१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्‍यो।…

पोखरामा हुने साफ यु-१९ महिला च्याम्पियनसीपको तयारी पूरा

यहि माघ १७ देखि २४ गतेसम्म पोखरा रंगशालामा हुने साफ यु-१९ महिला च्याम्पियनसीपको संपूर्ण तयारी पूरा भएको छ। आयोजकले बिहिबार एक पत्रकार सम्मेलनमार्फत संपूर्ण तयारी पूरा भएको जनायो। पोखरामा आयोजना हुन लागेको यस प्रतियोगिता सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। १३ औं सागमा पहिलो पटक…

टाइगर कप: पुरुषतर्फ पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जीत

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसीपअन्तर्गत बुधबारको चौथो तथा अन्तिम खेलमा विभागीय आर्मीले ३ पाकिस्तानी खेलाडीसहितको पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो…

टाइगर कप: महिलातर्फ नेपाल पुलिस र न्यु डायमण्ड फाइनलमा भिड्दै

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीपमा महिलातर्फको फाइनल समिकरण पूरा भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको बुधबारको विभागीय डर्बीमा सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा जीत हासिल गरेसँगै नेपाल पुलिसले न्यु डायमण्डसँग फाइनलमा भेट पक्का गरेको हो। पुलिसले पहिलो सेट २५–१६, दोस्रो…

टाइगर कप भलिबल: पुरुषतर्फ पुलिसविरुद्ध गण्डकीको सहज जीत

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पुरुषतर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत मंगलबारको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो। पर्वत…

टाइगर कप: महिलातर्फ पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा

न्यु डायमण्ड स्पोर्टस क्लबले छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत मंगलबारको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। न्यु डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२०…

टाइगर कप: पुरुषतर्फ आर्मीमाथि गण्डकीको रोमाञ्चक जीत

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जीत निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत सोमबारको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले विभागीय आर्मीमाथि ३–१ को रोमाञ्चक जीत निकालेको हो। निकै प्रतिस्पर्धात्मक पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा विभागीय…