खेलकुद »

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल–म्यानमारको बराबरी

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ। आज (शुक्रबार) म्यानमारको थुवुन्ना रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन। विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ। नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग २ मैत्रीपुर्ण फुटबल खेल्नेछ। दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल…

महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट: सेमिफाइनलमा थाईल्यान्डसँग नेपाल पराजित

नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ। पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ। आज (शुक्रबार) भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो। थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो। नेपालका लागि कविता…

नेपाल एसिया कप क्रिकेटको प्रतियोगिताबाट बाहिरियो

एसिया कप क्रिकेटमा भारतसँगको हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बन्न पुग्यो। डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्‍यो। वर्षाका कारण २ घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो। भारतका लागि कप्तान रोहित शर्माले…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। मलेसियाको बांगीमा आज (सोमबार) भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि, नेपालले सुरुआती खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा बहराइनलाई…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ। मलेसियाको बांगीमा आज (आइतबार) भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो। भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता…

आईसीसी महिला विश्वकप एसिया छनोट: इन्दु बनिन् ‘प्लेयर अफ द म्याच’

विश्वकप एसिया छनोटमा बहराइनविरुद्धको खेलमा नेपालकी इन्दु बर्मा ‘प्लेयर अफ द म्याच’ बनेकी छिन्। नेपाललाई १० विकेटको फराकिलो जित दिलाउन महत्वपूर्ण समयमा विकेट लिन सफल बर्मा ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी हुन्। इन्दुले ४ ओभरमा २ मेडन राखेर ५ रन खर्चिदै ३ विकेट लिएकी थिइन्। बर्माले २४ मध्ये २२ डट बल गरेकी थिइन्।…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: बहराईनमाथि नेपालको सानदार जित

मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ। मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो। बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन…

आइसीसी महिला विश्वकप एसिया छनोट: सीता बनिन् ‘प्लेयर अफ द म्याच’

आइसीसी महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाललाई ५ रनले जिताउन महत्वपूर्ण रन बनाएकी सीता रानामगर ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी छिन्। सीताले पहिलो ३ बलमा ३ विकेट गुमाएको नेपाललाई उत्कृष्ट पुनरागमन गराएकी थिइन्। सीताले ओपनरको भुमिकामा क्रिजमा आएर अविजित रुपमा ३८ रन बनाइन्। मलेसियामा आज सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको विजयी सुरुआत

मलेसियामा आज (बिहीबार) बाट सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ। मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो। मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक…

एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ। पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन…