विश्व »

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। मंकीपक्स भाइरस संक्रमणका कारण ब्रजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ। त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ। मंकीपक्सबाट…

इजरायलका लागि थप १६९ जना गए

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्। आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्। इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले…

विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह

बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…

भिजिट भिसामार्फत श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…

युएईमा आदिवासी महोत्सव हुने

वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ। महोत्सव अगस्टको १४ तारिकका दिन दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा हुनेछ। नेपाली दूतावास अबुधावीका राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा महोत्सव हुने बताइएको छ। कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्विक महत्व बोकेको…

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको श्रीलंकाको अनलाइन न्युज वायरले जनाएको छ। उनले राष्ट्रपति रनिल विक्रमासिंघेसँग शपथ पनि लिएको खबरमा उल्लेख छ। उनी श्रीलंकाको १५औँ प्रधानमन्त्री समेत बनेका छन्। गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेएका छन्। गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय…

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्। सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्। जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्। तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार…

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन, ३ जना उम्मेदवार

श्रीलंकाको संसदले आज (बुधबार) जुलाई २० तारिकका दिन नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुन लागेको हो। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।…

१९ औं एसियाडको नयाँ मिति घोषणा

१९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ। ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। यसअघि, एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते)…

सुडानको जातीय दंगामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ। सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ। सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्। ती घटनामा परी कम्तीमा पनि ६५ जनाको…