
बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ। बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो। ’आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ’ विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ ’राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज (शुक्रबार) बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।’ चिकित्सकहरूले महारानीलाई…
साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्णबहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजीत मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरेपनि अन्य विषय मिलाउन नसक्दा…
भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेका नेपाली जापान जान पाउने भएका छन्। नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो। बैठकले विषेशगरी ४ वटा विषयमा छलफल गरेको छ। जसअन्तर्गत नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल…
बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…
गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…
वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ। महोत्सव अगस्टको १४ तारिकका दिन दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा हुनेछ। नेपाली दूतावास अबुधावीका राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा महोत्सव हुने बताइएको छ। कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्विक महत्व बोकेको…
श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको श्रीलंकाको अनलाइन न्युज वायरले जनाएको छ। उनले राष्ट्रपति रनिल विक्रमासिंघेसँग शपथ पनि लिएको खबरमा उल्लेख छ। उनी श्रीलंकाको १५औँ प्रधानमन्त्री समेत बनेका छन्। गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेएका छन्। गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय…
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्। सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्। जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्। तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार…
श्रीलंकाको संसदले आज (बुधबार) जुलाई २० तारिकका दिन नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुन लागेको हो। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।…
१९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ। ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। यसअघि, एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते)…