
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिएका छन्। पोखरा महानगरको सातौं स्थापना दिवस अवसरमा पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भनेका छन्, ‘संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ। नगरपालिकाले नीति बनाउन सक्छ,…
पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ। समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ। पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा…
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित भएका छन्। राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज (बिहीबार) निर्वाचन भएको हो। राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतभारले पराजित गर्दै वरिष्ठ नेता पौडेल…
आज, फागुन शुक्ल पूर्णिमाको दिन, अर्थात विशेष महत्वको रंगीन पर्व फागु पूर्णिमा (होली)। आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेलेर फागु पर्व मनाइँदैछ। फागु पर्वका उपलक्ष्यमा परंपरादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। नेपाल सरकारले आज (सोमबार) हिमाली तथा पहाडी जिल्लाहरुमा फागु पूर्णिमाको विदा दिएको छ। तराई क्षेत्रमा भने यो…
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापामगरले आफू सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताएका छन्। सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका–२ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिएका हुन्। मुलुकले उत्कृष्ट नतिजा पाउन सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो। उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो। काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो। फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको छ। नेपाल…
मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको च्याम्पियन बनेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो। खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो। पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन…
भारतबाट इन्धनको मूल्य घटेर आएको छ। ग्यासको मूल्यमा केही वृद्धि भएपनि अरूको मूल्य घटेको हो। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.२१, डिजेलमा ५.०५, मट्टितेलमा ३.४०, हवाई इन्धनमा ७.०३ रुपैयाँ घटेर आएको हो। नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको नयाँ लागत मूल्य पठाएको हो। ग्यासको मूल्यमा भने ३३९.०६…
पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे। छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे। उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए। ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक…
मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो। २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको…